~जीवराज बुढाथोकी~
तनमा आगो, लाग्छ किन ?
पानीको प्यास, जाग्छ किन ??
पाइन्न कतै, खोजी उत्तर्,
तैपनि आत्मा, माग्छ किन ??
जीवन् भरोसाको गोरेटो,
पछ्याउँ भन्दा, थाक्छ किन ??
चक्षु अट्ने यी, परिदृश्य,
वहको बादल्, ढाक्छ किन ??
जल्दैन चुलो, चाहनाको,
तृष्णाको मुटु, पाक्छ किन ??
मन्को बादल, घाम र जून्,
समयको फेर्, हाक्छ किन ??
चाहन्छ मन, साथ् कसैको,
भाग्य टाढा त्यो, राख्छ किन ??
तनमा आगो, लाग्छ किन ?
पानीको प्यास, जाग्छ किन ??
(९,वर्णका हरेक पंगतीमा ५/४ मा विश्राम)
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं