~मदन राई ‘लामाखुले’~
बच्चाहरूको मन मष्तिस्कमा
असाध्यनै भिजेको
कसैको पनि आँखामा प्यारो लाग्ने
दिनभरि खेल्यो रमायो
भाँडाकुटी खेल्यो सँगसँगै
मिठो मिठो परिकार सजायो
साच्चै माया गरेर
ख्वायो पियायो
अह्रायो खटायो
सबले बेहुली बनायो
पुातलिको बिहे गरी दिए
बच्चाहरूको मायालु पुतली ।
जे जे भन्यो त्यहि गर्यो
जे जे भन्यो त्यही मान्यो
पुतली पनि खुसीले दङ्ग छ
नानीहरूपनि खुसीले दङ्ग छन् ।
वर परका नानीहरू जम्मा भए
सबैले भोज खाए जस्तो गरे
पुतलीलाई पनि खुवाए जस्तो गरे
कति आनन्दको संसार
कति खुसीको संसार
एउटा छुट्टै संसार
एउटा उज्यालो संसार ।
आकाश धमिलियो
बिजुली चम्कियो
दिन ढल्कियो
बच्चाहरू यता उता लाग्न थाले
कोही आफ्नो सिंढी चढ्न थाले
कोही आफ्नो कोठाको बत्ती बाल्न थाले
विचरी कठ्पुतली चुपचाप
बलेंसीमै लडिरहयो
न ऊ बिजुली बाल्न सक्छ
न ऊ सिंढी चढन सक्छ
त्यो दिन
अध्यारोमै रात बितायो
रातभरि पानीले भिज्यो
चिसो रक्षानमै रात कटायो
कठपुतली आफैं बोल्न सकैदन
किनकि ऊ आफै हिडन सकैदन
ऊ अरुकै हातबाट चलछ
किनकि ऊ आत्माविहिन छ
ऊ अरुकै ईच्छा बमोजिम नाच्छ ।
उसको आफ्नो आत्मा छैन
ऊ त कपडाको
केवल पुतली हो ।
मदन राई लामाखुले