~रुमानी राई~
स्प्रीङ्लाई,
तिमी जती सक्छौ दबाउ
दबिएसम्म दबाउ
तिम्रो सक्तिले भ्याएसम्म दबाउ
तर,एउटा कुरा याद राख,
तिम्रो एकात्मक सत्ता
तिम्रो शक्तिको पराकाष्ठा
क्षिण बनेको क्षण
स्प्रीङको खुम्च्याइको अन्तिम पराकाष्ठा
स्वतन्त्रता चाहेको क्षण
उन्मुक्ती चाहेको क्षण
र,तिमी स्प्रीङद्वारा उछिट्टिएको क्षण
तिमी र तिम्रो अस्तित्व
के सग्लो रहला ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)