~रञ्जुश्री पराजुली ~
ऐना हेर्दा सानो भाइ
आँखा झिम्क्याउँछ
आफू जस्तै अर्को देख्दा
ताज्जुप भई हेर्छ ।
जिब्रो देखाई हात हल्लाई
जिस्क्याउँदै खेल्छ
कहिले फेरि मुख बङ्ग्याइँ
गिज्याउन थाल्छ ।।
ऐना भित्र अरु हैन
आफ्नै छायाँ भन्ने
थाहा छैन ऐना हेर्दा
आफैं देख्छु भन्ने ।।।
ऐना हेर्दा बाबुलाई
रमाइलो लाग्छ
ऐनासँगै रमाएर
खेल्न मन लाग्छ ।।।।
(२०७० असार १३ गते रचना गरिएको ।)
बाँसबारी, काठमाडौं ।