~दीपक कुमार ज्ञवाली~
नहान पत्थरले यो कोमल हृदयमा
अधरको मुस्कान थाम्न नसक्ने हृदयले
पत्थरको प्रहारले झन् गराऊँनेछ आहात
लोभ्याउएन मलाई अधरको मुस्कानले
म घाइते भएको छु प्रेमवन्धन टुट्नाले
भएन पे्रम अमर नियतीले बिछोडायो
झुटा भो कसम, एक आपसको आलिङ्गन
भो मलाई नलोभ्याऊ रहेछन् उस्तै उस्तै
प्रेमको संसार रहेछ धोकेवाज
एकलै रहेर तर्ने आकांक्षा भवसागर
मलाई लोभ्याएन ति परेवाका जोडीले
एकलै जन्मेको रहने एकलै
मलाई नलोभ्याऊ धोकाको प्यारले
म जिउने एकलै म मर्ने एकलै
यस्तै रहेछ संसार धोकाको मायाजाल
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )