~लब्ली राजन श्रेष्ठ~
शहर भन्दा
गाउँ घरै घमाइलो ।
दशै भन्दा
तिहारै रमाइलो ।
हिजो सम्म कलिला
बढेछन ति मखमलि ।
औंसीको रातमा पनि
जतासुकै बत्तीको झलमलि ।
दिदीले पुजा गरिन
आमाले दैलो पोते ।
म चै लागे खेत बारिमा
बाले गोरु जोते ।
निधारमा टिको
कानमा जमरा ।
फुलबारीमा रस चुम्न
भन्किदैछन भमरा ।
साथी सङ्गी मिलेर
खेल्न थाल्यौं भैलो ।
मुखिया बा का नै
पालो पर्यो पैलो ।
बिदेश बाट भर्खरै
ठुल्दाजु आको ।
हजुरबाको हात बाट
पहिलो टिको लाको ।
मनभित्र खुसीको
बास्ना चल्यो हररर ।
माथि माथि आकाशमा
चङ्गा उड्यो सररर ।
राम्रा राम्रा लुगा लगाई
मामा घर जाउँला ।
मिठो मानी दशैको,
मासु , च्युरा खाउँला ।
लब्ली राजन श्रेष्ठ
चलाल – १ , डाडाँ गाउँ (काभ्रे )
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )