~हिरा आकाश~
जति–जति बर्साऊ
सहर–बस्ती
छाना–छानाभरि बमहरू
जति–जति पड्काऊ
छाती–छातीभरि बन्दुकहरू
या कुल्च दाब्रैदाब्रा हुनेगरी
बुटले शरीरभरि
आवाज कहिले मरेको छ र (?)
हामी त्यही अजर
मुक्त आवाज हौँ
जहाँ पनि, जहिले पनि
गुन्जिरहन्छौँ।
(स्रोत : हिरा आकाशको कवितासङ्ग्रह “आगोका स्वरहरू”बाट सभार)