गजल : आउन नपाईने भो

~हरी गौतम~

पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन नपाईने भो..!!
बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो..!!

नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी…..!
टीका, माॅला, जमरा केही…., लगाउन नपाईने भो….!!

दसैं-तिहार आयो भन्छन.., आय झै नि लाग्दैन खै…!
मादल, झेली, वाशुरी नी…, बजाउन नपाईने भो…!!

पल्तीर र पल्लो गाउ सम , घर- घरमा गई दाजु-भाईका..!
सेल र रोटी, मिठाई- चॅकलेट्…,समाउन। नपाईने भो…!!

सुफल देखी, लाहपोखरा भै, कावरनेटा, खनदह सम्म..!
यो तिहारमा देउसी-भैलो.., जमाउन नपाईने भो…!!

[[2″पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन न् पाईने भो..!!
बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो…,2]]

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.