~चित्र लक्ष्मी~
ऊ आयो
आगो बनेर आयो
बल्यो दन्दनी
जलायो झारपात
तर,खरानी नहुँदै वनमारा
दर्कियो झरी
थेग्न सकेन आगोले
झरीको प्रहार।
अब फेरि
आगोको अवशेष
निफन्दै छन्
जाडोले कठ्याङ्रिएका हातहरु
र,टिप्दै छन आगोका झिल्काहरु।
अबको आगो यसरी दन्कियोस्
कि पानी बाफिएर आकाशतिरै फर्कोस्
रमाउन थालेको वनमारा ह्वारह्वार्ती जलोस्
पुन:परीक्षित पावन भूमिमा मुस्काउन्
सुन्दर हरिया दुबाहरु!
(रचना : २०७३ भदौ २०)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)