~निश्चल काउचा~
उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन !
बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन!!
पर्खाईको चुलेसीमा रेटी रहे तिमी आईनौ !
आधी चल्छ हुरी चल्छ यो मन्मा तिमी कहाँ गयौ!!
उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन !
बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन!!
जब चन्द्रमालाई हेर्छु तिम्रै मुहार भेटछु!
अनायासै छाती चर्की दुख्छ डाको छोडी रुन्छु !!
उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन!
बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन !!
-निश्चल काउचा
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)