~कुमार काफ्ले~
-एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ।
-यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे।
-सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।
-विदा नपाएकाले उनीहरू मान्छेको दिल छोडेर कतै जान सकेनन्।
-बरु मान्छेभित्रै मन,मष्तिष्क र हरेक कर्ममा विचरण गर्न थाले।
-त्यसो गर्नाले तिनीहरूको आयतन र महत्त्व अझ बढ्न थाल्यो।
-लोभ र स्वार्थ नभएका मान्छे अनि घर भेटिन छोडे।
-विज्ञानको चमत्कार र प्रविधिको विकासले मान्छे चन्द्रलोक,मंगललोक र अन्तरिक्षका अन्यलोकमा पनि पुगे।
-लोभ र स्वार्थ त्यहाँ पनि मान्छेसँगै एकाकार भएर उपस्थित भएका थिए।
-त्यसपछि उनीहरूले सगौरव घोषणा गरे “हाम्रो कुनै सिमाना र अन्त्य छैन।”
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)