कविता : काठमान्डौको आँखामा

~रुमानी राई~rumani-rai

तिमी त नाथे कबि न हौ !

एउटा झर्झराउँदो घाम
काठमान्डौको आकासमा
मलिन उदाउँछ
र,बेखबर अस्ताउँछ !

सुदूर पूर्व
एउटा गरीव गाउँमा जन्मिनुको परिणति
काठमान्डौको आँखामा
तिमी सधैं बबुरो साबित हुन्छौ
नझुके सम्म !

तिम्रो बारेमा लेख्न त के
बोल्न पनि हिच्किचाउँछ काठमान्डौ
मानौं,तिमी कबि नै होइनौ
र,कविता नै होइनन् तिम्रा कविताहरु !

गन्ध सुँघेर
नमिठो नाक खुम्च्याउन्छन्
र,वेपर्वाह हिन्हीनाउँछन्
काठमान्डौका घोडाहरु !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.