~मनोहर काफ्ले~
‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र तिनी हरु सङ्ग एकदमै शान्त भएर , अनुहार मा कृतिम हाँसो छर्दै ब्यबहार गर्नु पर्ने’’ रञ्जन आफ्नो नार्सिंग पेशाको अनुभब सुनाउदै थियो।
‘’तँ त्यसो भए बिकशित देशको नर्स, होइन त’’? मैले सोधेको थिएँ ।
‘’हो, यहा हाम्रो देशमा जस्तो महिलाले मात्र नर्शिंग पेशा अपनाउने होइन, त्यहा नारि पुरुष सामान हुन् र सबै प्रकारका मानिसहरुले यो नर्स पेशा चाहे भने तालिम लिएर अपनाउन सक्छन ’’ रन्जन ले गर्ब का साथ् सुनाउदै गयो ।
‘’यहा बिरामी संग झर्किने, भने जस्तो सेवा नदिने, बोलाएको बेलामा हाजिर नहुने, बिरामीलाई इग्नोर गर्ने, गलत औषधि दिने, औसधि को मात्रामा फरक आदि आदि त कल्पना पनि गर्न सकिन्न। बिरामी बाट कुनै कम्प्लेन सम्बन्धित निकायमा गए र त्यो कम्प्लेन सहि ठहरे राम्रै विभागीय कारबाही हुन्छ, जागिर पनि जान सक्छ’’।
‘’यहा त डाक्टर र नर्सदेखि बिरामी हरु थुरु थुरु हुन्छन त’’? मैले उ बाट धेरै कुरा थुत्ने मनसायले कुरा कोट्याएको मात्र थिए।
‘’कोहि कोहि बिरामी त यति सम्म कपटी हुन्छन कि आफुले सजिलै गर्न सक्ने काम पनि आफै नगरेर हामी बाट गराउछन । ‘अन कभर माइ लेग, गिभ मि टिसु, मेनेज माइ पिलो, कपडा खुट्टा सम्म ओढाई दे’ भन्दै हैरान पार्छन। उनीहरुले जत्तिनै हामीलाई दिक्क लगाए पनि हामी नर्स् हरुले ‘थ्यांक यु, इट्स माइ प्लेजर, डु नट हेजिटेट टु कल मि अगेन’ भन्दै रुन्चे हासो भए पनि मुस्कान दिनै पर्छ’’ साथीले आफ्नु पेशा प्रति दिक्क भए झैँ सुनाउदै गयो।
‘’म चाही त्यहा नर्स भएको भए त्यस्ता दुख दीने बिरामीलाइ मजाले चाकमा चिमोटी दिन्थे, अनि भन्थें ‘’इट्स माइ प्लिजर टु हेल्प यु, डु यु निद मोर हेल्प’’ मैले ब्यङ्ग गरेको थिए।
‘’ए नेपाल जस्तो सोचेको होला , केहि नगर्दा त त्यत्तिकै सिनियर लाइ कुरा लगाउछन् हाम्रो बिरुद्ध मा, चिमोट्न थाल्यो भने त भोलि बाट फायर’’ । उसले फायर शब्द ले कामबाट निकाली दिन्छ भन्ने जनाएको रहेछ।
‘’अनि तिमीहरुले नर्स भएर बिरामीले जे भन्छ त्यही मात्र गर्ने कि डाक्टर ले भनेको पनि गर्छोउ’’?मैले जिज्ञासा राखेको थिएँ ।
‘’आफ्नो डिउटी अबधिभर तिनीहरुकै देखभाल गर्नु पर्छ । सलाइन चढाउने, औसधि दिनु परे अर्को सहकर्मी लाइ साक्षि राखेर मात्र औसधि खुवाउन वा इन्जेकसन दिन मिल्छ ,नत्र बिरामी तल माथि भए ओभरडोज, रंग डोज या रङ मेडिसिन को केश पनि लाग्न सक्छ । धेरै कुरामा सतर्क हुन जरुरि छ’’। उसले मेरो कौतुहलता मेटाउन भन्दै थियो ।
‘’मैले धेरै कथामा पुरुष नर्स हरुको महिला पेसेंट सङ्ग अट्याच्मेंट हुन्छ भन्ने सुनेको थिएं , तैले त पेशेंट सङ्ग बिरक्तिएको पो कुरा सुनाइस त’’ ? मैले उसको मन बुझ्न सोधेको थिएँ । मैले उ सङ्ग यस्ता खाले प्रश्न सोध्ने बेग्लै कारण पनि थियो , तर त्यो भने मैले उसलाई भनेको थिइन । मेरो यस्ता खाले जिज्ञासा को बारे उसले थाहा पाए सहि र सटिक जबाफ न आउन पनि सक्थ्यो। एकपल्ट मैले हजुर आमाको बोलि रेकर्ड गर्न ठुलो पानासोनिक को टेप रिकर्ड बोकेर दुर्गम जिल्लाको पहाड गएको थिएँ । हजुर आमा संग राम्रो कुरा कानी हुदै थियो र रिकर्ड पनि हुदै थियो । तर कसैले हजुरआमालाई सुनायो कि ‘ हजुरआमाले बोलेको सबै यो मेसिन ले रेकर्ड गर्दै छ’ , त्याहा पछी त हजुर आमाको बोलिनै आउन छोड्यो।
म बिरामी र नर्शको सम्बन्ध बारे रिसर्च गर्दै थिएँ । मेरो थेसिस को बिषय थियो ‘डिसएबिलिटी एण्ड सेक्स’ । म रिसर्च गर्न कै लागि डिसेबल रिहेब सेन्टर मा नियमित जान थालेको थिए । त्याहा पेसेन्ट र डाक्टर या नर्सको मनोबिज्ञान गोप्य रुपमा अध्ययन गरि रहेको थिएँ ।
मेरो कुरामा उसले मेरो तिघ्रा मा हिर्काउदै जोशिदै भन्यो ‘’ओहो कस्तो कुरा सम्झाइस यार, हो एउटी क्युट पेशेंट आएकी थिइ केहि महिना, त्यो सङ्ग त गहिरो अट्याच्मेंट थियो नि हो’’।
‘’त्यो आइ, त्यस्लाई सेवा गर्न मलाई कहिले झर्को लागेन, मलाई फिदा गर्ने उसको एउटइ मुस्कान काफी थियो, सायद उसले पनि मेरो कमजोरी बुझी सकेकी थिइ। घरि घरि म पट्टि हेरेर मुस्कान छरी दिन्थि, म ठहरै हुन्थे । उ हाम्रो हस्पिटल मा आउदा मेरो नाइट शिफ्ट सुरु भएको थियो । त्यो हप्ता मैले उसलाई नजिकबाट बुझ्ने मौका पाएँ । नाइट मा अरु भिजिटर हरु पनि नआउने हुदा उसको सामिप्य पाए । उसको रेखदेख गर्ने अर्को कुरुवा कोहि थीएँन । उसलाई औसधि खुवाउनलाइ सुतेको ठाउ बाट बसाउन अँगालो को सहारा दिनु पर्थ्यो । उसले गर्लाम्य अँगालो हाल्थी , अनि बिस्तारै शरिर उठाउथी । उसलाई कम्फ़रटेबल बनाएर उसको अनुहार हेर्थे, उ मुस्कान का साथ मलाई थ्यांक यु भन्थी । त्यो मुस्कान र थ्यांक यु मा अति आत्मियता पाउंथे । उसलाई बेडबाट ओराल्न पनि अँगालो कै सहारा दिनु पर्थ्यो। भुइँ मा एक छिन उभिए पछी भने उ आफै बाथरुम मा हिडेर जान सक्थी तर तन्ग्रिन भने केहि समय लाग्थ्यो’’ ।
‘’उ ‘एक्युट प्यारालाइसिस सिण्डरम’ को शिकार थिइ। उ सुते पछि या बसे पछी उसको सबै शरिर निदाउथ्यो। त्यसैले उसको इलाज फिजीयोथेरापी थियो। उ इन्डियन मुलकी क्यानेडियन केटि थिइ’’।
‘’फिजीयोथेरापी रुम मा पनि उ मेरै सहारा चाहन्थी । उसलाई एक्लै एक्सरसाइज रुममा पुरै शरिर को एक्सरसाइज गराउन म तल्लिन हुन्थें । उ मेरो अनुहार हेरेर मुसुमुसु मात्र हासी रहन्थी । उ टिमिक्क परेको टु पिस टाइट ड्रेस मा साच्चै राम्री देखिन्थि। उ सङ्ग म यती नजिक भएँ कि उसलाई हस्पिटल मा छाडेर आफ्नो कोठामा पनि नजाऊ नजाउ लाग्थ्यो । हप्ताको एकदिन छुट्टि मा पनि उसकै सेवा गर्न ओभर टाइम खटिन थालें । म कहिले काही कोठा मा हुदा उसकै ख्याल आउथ्यो, ‘’आज कसले मारिया लाइ अंगालो हाली बेड बाट उठायो होला?
‘’कसले उस्को सुडौल तिघ्रालाइ सहारा दीएर फिजिकल गरायो होला’?’’
‘’कसले उस्को शरीरबाट निस्किएको मिठो सुगन्ध को स्वाद चाख्यो होला’’?
‘’कस्ले उस्को मुस्कान को पान गर्यो होला?’’ आदि आदि
‘’यसतै कुरा सम्झिदै कहिले डिउटी हुनु भन्दा एक घण्टा पहिलै हस्पिटल पुग्थे । उ मुस्कान ले मेरो स्वागत गर्थी। उसको हेराइ र मुस्कानले यस्तो मलाइ भनेझैँ लाग्थ्यो ‘’तिमि मलाइ छोडेर किन जान्छोउ रञ्जन?’’
‘’तिजी कति ढिलो आएको ? तिम्रो अँगालोको सहारा बिना मलाई उठ्नै मन लाग्दैन?’’
‘’फिजियोथेरापि रुममा पनि तिमि सङ्ग मात्र म कम्फरटेबल हुन्छु । तिनीले चम्चाले मलाई खाना खुवाउदा जति मिठो लाग्छ अरुले खुवाउदा लाग्दैन’’।
‘’तिमि मेरो आखा अगाडी मात्र भइ राख न’’ र यस्तै यस्तै ।
राजन चुप भयो। उ अतित मा थियो, उ तन्द्रामा मा थीयो । मैले कोट्याएर उसको अतित को स्मृति लाइ भंग गर्न चाहिन। उ भन्दा भन्दै सिरियस भएको थियो , म जान्न इच्छुक थिएँ उनीहरुको सम्बन्ध ले कस्तो आकार लियो भनेर तर मलाई साथीले फोन गरेर हाम्रो रिसर्च गर्न जाने बेलाको संकेत दिई सकेको थियो ,म भोलि भेट्छु है भन्दै निस्किएँ ।
म लगायत अरु तिन जना साथी पनि बाटोमै भेट भयो । हामी सिधै रिसर्च गर्ने ठाउ डीसेबल सेन्टर मा पुगियो। डाक्टरहरुको एक समूह ले हामीलाई ५ मिनेट को ब्रिफिंग मा बोलाउनु भयो। हामी सबै एउटा हलमा बसिउ । डा* मोहन ले भन्न सुरु गर्नु भयो ‘’तपाइँ हरु ’अपांगता र यौन’ को बारेमा रिसर्च गरि रहनु भएको छ । तपाईहरुको रिसर्च लाइ अझ प्रभाबकारी बनाउन आफै नर्स भएर उनीहरु सामु जानु पर्छ, उनीहरुको मन जित्नुपर्छ, उनीहरु सङ्ग भिज्नु पर्छ। एउटा लेखकले भिखारि को बारेमा तब मात्र लेख्न सक्छ जब उ आफै भिखारी भएर उनिहरू सङ्ग भिज्न सक्छ’’, डा* भन्दै जानु भयो।
‘’शारीरिक रुपले अपाङ्ग व्यक्ति हरु मा पनि यौन जिज्ञासा र चाहना सपाङ्ग व्यक्तिसरह नै हुन्छ , अझ भन्नु पर्दा कसै कसैमा साधारण व्यक्ति भन्दा पनि बढी पाइन्छ, किन भने तिनीहरुले यौन बिषयबस्तु लाइ दमित गरेक हुन्छन। एनोरेक्सिया , स्पाइनलकोर्ड इन्जिउरी , डाइबेटिक निउरोपेथी आदि बाट अपांगता भएको व्यक्ति मा केहि कम भएको पाइए पनि अरु किसिमका अपांगता भएका ब्यक्तिमा अरु व्यक्ति सरह नै सेक्स्युअल डीजायर हुन्छ। उनोहरुले यौन क्रियाकलापमै इन्डल्ज हुनु भन्दा अरु कामोतेज्जक तत्वबाट पनि आफुलाई सेटिसफाइड गराउन सक्छन। बिभिन्न बिकाससिल देशमा तिनीहरुको आबस्य्कता पुरा गर्न सेक्स टोयेज या सेक्स वरकर को पनि ब्यबस्था गरि दिने गरिन्छ तर हाम्रो मुलुक मा भने तिनीहरु को आबस्यकतालाइ इग्नोर गरिन्छ। उनीहरुले आफ्नो चाहना दबाएर राख्न बाध्य हुन्छन । उनीहरुको लागि चाहि सेक्स ‘बायोलोजिकल नीड’ नै होइन भन्ने सोचाइ छ’’। ड*मोहन ले कुरा टुंग्याउनु भयो ।
म लगायत मेरा साथीहरु आ-आफ्नो वार्ड तिर लागेउ । मैले पनि सेतो नर्स को एप्रोन लगाएर फिमेल वार्डमा पसें । मेरो वार्ड मा कार्यरत नर्स लाइ डा* मोहनको चिठी थमाएँ । आज नर्स को काम मैले सम्हाल्ने हुदा आज राति ति नर्स आराम पाउदै थिइन् , खुशी भईन। ‘आबस्यक परे बोलाउनु है सर’ भन्दै उनि आफ्नो चेंजिंग रूम तिर लागिन । स्कुल मा टिचिंग प्राक्टिस मा आएका टिचर ले पढाउने र स्थायी कार्यरत टिचर ले आराम गर्ने गरेको मैले देखेको थिएँ । त्यस्तै आज ति नर्स को काम मैले सम्हाल्दै थिएँ ।
राति १० वजे क्यान्टिन मा खानाखाने ब्यबस्था डा* मोहनले मिलाएका रहेछन । त्याहा साथी हरु सङ्ग भेट भयो । उनिहरूको काम गर्ने मेल वार्ड मा रहेछ। खाना खाए पछी आफ्नु त सुत्ने बानी, निन्द्रा ले झ्याप्प पारि हाल्यो । सबै साथि हरु आ-आफ्नो वार्ड मा पसे पछी म पनि फिमेल वार्ड तिर लागेँ । नर्स ले मलाइ कुरी रहेकी रहिछन।
‘’अनि निन्द्रा लागे के गर्ने सिस्टर?’’ मैले सोधेको थिएँ’
‘’ल सर पनि, आज नर्स भएर बिरामी को स्टडी गर्ने मान्छे ले पनि त्यसो भनेर हुन्छ ?’’ , उनले त्यत्ति भनेर मलाइ फाइल जिम्मा दिई आफ्नु रुमतिर लागिन ।
मेरो वार्ड मा १० जना अशक्त अपांगता भएका महिला रहेछन । उनिहरु सबै जसो निदाई सकेका थिए । नर्स ले उज्यालो बत्ति निभाएर मधुरो बत्ति बालि दिएकी रहिछन । म सानु टुल मा पछाडी पट्टि बसें , तर निन्द्रा ले सार्है सताएकोले त्यहि बेडको एउटा कुनामा टाउको अड्याएर निदाउन पुगे । भाते निन्द्रा ले होला गहिरै निदाएछु। करिब २ घण्टा पछी बिउझिएछु, मैले टाउको उठाउन खोजें , उठाउन गाह्रो भयो । ति अपाङ्ग महिला ले मलाई अँगालो मा बेरेकी रहिछन र मेरो टाउको लाइ आफ्नो बक्षस्थल को सिरानी दिएकी रहिछन। आफ्नो ओठलाइ मेरो मुखसामु ल्याएर निर्दोष उनि मस्तसंग निदाइ रहेकी रहिछन ।
समाप्त
– हाल दुबई
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )