कविता : जब कलमले अक्षर बोल्छ

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

सफलताहरु
नक्षत्रमा टलपलाई रहँदा ।
म धर्तिमा
एउटा त्यस्तो उचाई देख्छु ।
जहाँ भुभागहरु अत्यन्त समथर छन् ।
जहाँ गहीराईहरु बेमिसाल छन् ।
पिडा÷भोगाईका अनुप्रस्थ
माध्यम भएर ह्ृदयमा ठोकीँदा
शब्दहरुले,
समागम मा शर्त राख्छन् ।
मेरो प्रयोगको मिलन
त्यस्तो अक्षत रहोस् ।
जसबाट निस्सृत पौदावार
प्रत्येक छानामा ओर्लिउन् ।
प्रत्येक बैठक कोठामा पुगुन् ।
त्यतिबेला,

मेरो बिजको उत्प्रेरणाले
अमर कम्पन पैदा गरोस् ।

कल्पनाहरु निफनेर ।
जब, दैलो÷आँगन÷ अटालहरुमा
मेरो शब्दहरु छरिनेछन् ।
परेवा र भंगेराले,
त्यो अहारा नसंझीउन ।
ति त पिडा हुन् पोखिएका ।
ति त प्रेरणा हुन् लेखिएका ।
मेरो तन्मयको साधना
त्यस्तो आधारशीला बनोस् ।
किन्चीत त्यस्ले भर नढालोस् ।
मेरो परिचय माग्दा
कसैले,
मात्र खोपिएको
शिलापत्र नदेखाओस् ।
जब जब समय उत्पीडक बन्छ ।
तब तब कलमले अक्षर बोल्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.