कविता : बिमती

~दीपकजङ्ग हमाल~deepak-jung-hamal

ठोक बन्दुक छातीमा, पड्काउ तोपका गोला
काट हज्जारौंका शिर, बगाउ रगत्को खोला

भात्काउ आस्थाको मन्दिर, चुँड सम्बन्धको तार
पुर मानवअता माटोमा, बोक बिद्वेसको भार

रोक प्रगतिपथलाई तिमी, द्वन्द्वलाई हुर्काउँदै
बिखण्डन बढाउँदै जाउ, जनतालाई घुर्क्याउँदै

सुन विदेशिका कुरा, चल भने जसोगरी
भिडाउ अरुलाई तिमी, लाभ हुन्छ कसोगरी

लूट यि आमको इज्जत, चेलीलाई बिक्री गर
बलिष्ठ पाखुरिलाई, पराई धर्तिमा भर

झोला आफ्नो भर्दै जाउ, खोस गरीबको भाग
अपहरण-हत्या विचमा, अलाप शान्तिको राग

दुनिया नै पङ्गु बनी, तिम्रै पछी लागे पनि
एक्लो बृहस्पति हुँला, पीर छैन कत्ती पनि ।

April 30th 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.