~सीता थारू ‘निश्छल’~
सहेर यो यातना, बस्छौ कहाँसम्म नारी ?
लुकाएर चाहना, बस्छौ कहाँसम्म नारी ?
हत्कडी र जञ्जीर, मिल्यो लगाम जब
लगाएर कँगना, बस्छौ कहाँसम्म नारी ?
काँडाबीच सुन्दर फूल फुलाउन साथी
गरेर यो कामना, बस्छौ कहाँसम्म नारी ?
विश्वमै नाम चलेको यो हाम्रो देश
सजाएर सपना, बस्छौ कहाँसम्म नारी ?
हक बराबर हाम्रो, लेखिन्छ कागतमा
बहाएर भावना, बस्छौ कहाँसम्म नारी ?
(स्रोत : परगोह्नी गजल संग्रह)