~डा. रविन्द्र समीर~
‘यो खसीको मूल्य पच्चीस हजार, यो सानोको अठार हजार, यो बोकाको बाह्र हजार ।’
दसैंमा खसी किन्न खसी बजार गएको हर्केले पालैपालो खसीबोका उचाल्यो ।
‘दसैं त मान्नै प¥यो ।’
खसीबोका किन्ने क्षमता ऊसँग भएन । तर उचाल्ने र खाने क्षमता भने थियो ।
त्यसपछि उसले हाँस र कुखुरा उचाल्यो । ‘यो कुखुराको दुई हजार, यो हाँसको पच्चीस सय ।’
त्यसपछि ऊ निरास भएर डेरातिर बाटो समायो । ‘थुक्क यो जिन्दगी ! जाबो एउटा खसी पनि किन्न नसक्ने म !’ उसले आफूलाई लोप्पा खुवायो ।
अलि पर पुगेपछि बाटोमा उसले खसीजस्तै कुकुर देख्यो । त्यसलाई पछ्यायो । कुकुर चिनेजानेको परेछ क्यारे, भागेन । हर्के नजिक जाँदा पुच्छर हल्लायो र भक्तिभाव देखायो ।
त्यसपछि हर्केले कुकुरलाई जुरूक्क उचाल्यो र खुसी हुँदै भन्यो— ‘कस्तो हलुँगो रहेछ यो कुकुर त । कुखुरा र हाँसभन्दा पनि धेरै हलुँगो ।’
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)