कविता : समान अन्तर

~उपेन्द्र सुब्बा~Upendra Subba_1

बाउले नपढेर दुख पाए
मैले पढेर दुख पाएँ ।
गाउँमा-
बाउ हलो जोतिराछन्
म सहरमा टाउको जोतिराछु ।

गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहकांर छ
बाउले नपढेर दुख पाए
मैले पढेर दुख पाए ।

(स्रोत : रचनाकारको कृति “खोलाको गित” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.