~कुन्दन काफ्ले~
तिमी फूल बनेर फूल, तर वास्ना भर्न नभूल ।
तिमी जून बनेर खुल तर ज्योत्सना छर्न नभूल ।
तिमी दियो बनेर वल तर ज्योति फैलाई नगल ।तिमी मीयो बनेर चल तर बिंडो थामी नढल ।
तिमी सुवास बनेर छाऊ र धर्तीलाई रसाउ ।
तिमी मीठास बनेर आऊ र स्वर्ग यहीं बसाउ ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )