~सुरेन्द्र खौलराठी~
जलेछ कञ्चनपुर कटान जलेछ !
मेरो यादमा उनको सिरान जलेछ !
जलेथें कुनै दिन म एक्लै जहाँ,
आज त्यहाँ उनको खानदान जलेछ !
के डुल्थे भमरा रसबिनाको फूलमा,
हेर हेर भमरा नआई बगान जलेछ !
पूर्णिमाको जून झै चम्किन्छु ठान्थि,
बैगुनिको दम्भ अनि अभिमान जलेछ !
मरेछन धोकेबाजका सारा सप्नाहरु,
पश्चातापको आगोमा चिहान जलेछ !
नाम: सुरेन्द्र खौलराठी
ठेगाना: खलंगा, दार्चुला
हाल: कीर्तिपुर, काठमाण्डु
पेसा: विद्यार्थी (M.Sc.Physics, Patan Campus)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )