~केडी रेम्नीसीङ~
एक अनिदो सपना
‘कोलाम’मा साइबर क्याफे
अनि भ्यू टावरको,
अहँ, निदाउँदैन सपना
एक पल पनि,
कसरी निदाउँछ देखेर त्यो,
नेचादेखि मुग्ली डाँडासम्मको सुन्दर दृष्य,
अझ, भन्नेले भन्छन्
यहाँबाट देखिन्छ, माली डाँडा,
ती त परैका कुरा,
भन्नेले भनेका ‘स्वर्गीय आनन्द’ दिने ठाउँ,
यहि त हो,
नभए त्यो तलको महासुन्दर हँुगु खोला,
सुन्दर हुँगु उपत्यकालाई सोधिहेरौँ न
‘अनुपम दृष्य’ शब्द
यहिको सुहाउदो
वर्णन गर्न त हा नि
बनाइएको, बनेको
पूmर्गेल्जे बुढोको घोषण,
सुन, सपना मेरो,
एक सुन्दर साइबर क्याफेको,
कोलाम साइबर क्याफेको,
जहाँ हुनेछ, एक साइबर,
हुनेछ क्याफे,
कफी र नेटको
मजा आउनेछ,
सुन्नेले नदेखेको
देख्नेले आँखा नखोलेको
यही ठाउँ बनाउने छु,
मुटु, हँुगु उपत्यकाको,
विश्वले गरिसक्यो,
द्रोण आक्रमण,
क्षेप्यास्त्र परिक्षण,
मंगलमा मानव वस्तीको सपना,
मान्छेको रोवोट, रोवोटको मान्छे,
तर,
मेरो गाउँ,
अल्झिेको छ, सपनामा
बुल्टोसुम–बाटोमुनी
लाम्दु–बाटोमाथि
को भन्दा को कम,
कमाउन, थर्काउन, भड्काउन
चलेको छ कम्पीटिसन,
पिउन, पिलाउन,
देख्न पा’को छैन,
फेसुबक को समाज,
इन्टरनेटको कमाल,
कोलाम मा झोलोङ–ठेस लागेर लड्छ,
तर देख्दैन, अनुपम खानी,
गाउँको बुझक्कड ले,
जमाना वाईफाई बाट,
वाई म्याक्स मा पुगिसक्यो,
देखेको छैन यो गाऊँ ले,
फेसबुकमा फेस, मायालुको
पढ्न पाका छैनन्,
युवाहरुले, फोनफ्रेण्डको स्टाटस्
बोल्न पाका छैनन् कसैले
स्काइपमा,
बिदेशी छोरा, प्रियतम, साथीसँग
अनिँदा सपना,
सबै ती सबै पुरा गर्न खोलिनेछ,
साइबर,
खोलिनेछ क्याफे,
रहनेछ, नाम ‘कोलाम साइबर क्याफे’,
जन्माइनेछ, एक अर्को महावीर पुन
म्यागेसेसेको लागि होइन,
कोलाम साइबर नेटको लागि
(स्रोत : रचनाकारको ब्लगबाट सभार)