~उदिम किराती~
जुन हेरी सम्झिन्छु कठै मेरी बुढी आमा
टोलाउदै हेर्दै होलिन कतै मलाई डाँडामा /
मिर्मिरेमा बालक थिइ मध्ये घाममा यौवन भई
समय संगै बग्दै जादा साँझ पख बृध्दा भई
घाम हेरी सम्झिन्छु कठै मेरी बुढी आमा
टोलाउदै हेर्दै होलिन कतै मलाई डाँडामा
कतै न्याउली कराउदा लाग्छ आमा बोले जस्तो
चर्को घामले पोले पनि लाग्छ उनले छोए जस्तो
क्षितिज हेरी सम्झिन्छु कठै मेरी बुढी आमा
टोलाउदै हेर्दै होलिन कतै मलाई डाँडामा
शब्द : उदिम किराती
स्वर / संगीत : भिमसेन राई