~कात्यायन~
– ऊ आज-भोलि अलि फरक ढंगले सोच्न थाल्छ | अनि एउटा माईक किन्छ | जहाँ-जहाँ मान्छेहरूको नियमित र अपरिहार्य सेवा र वस्तुहरूको अत्यावस्यक पर्ने स्थानहरूमा अनियमित र अपचलन हुने गर्थ्यो, तहाँ-तहाँ पुग्छ र माईक फुक्छ – पालो पर्ख ! रसिद काट !
– हिजो फुक्यो – पालो पर्ख ! रसिद काट !
– आज नि फुकिरहेछ – पालो पर्ख ! रसिद काट !
– भोलि नि फुकिरहनेछ – पालो पर्ख ! रसिद काट !
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)