~पुरुषोत्तम सुवेदी~
मानिसको दुस्मन त रोग हो – सकेसम्म एसको उपचार गर ।
बरु अनबिस्वासि त तिमी हौ-अरु लाई विश्वाश दिने काम गर ।।
भन्छौ तिमी अरुहरु लाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै ।
सान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी गृहयुद्धको तिमीले नै ।।
तिम्रो जङको उपचार बेलैमा-नगर्नाले रेविज लाग्यो आज देशलाई ।
बिरामी चेतनले हुन्न जनसेवा -गर उपचार तिम्रो ट्युमर केसलाई ।।
नराख बाजी मेटासिटको तिमीले – जित्ने छौ सहज् झुटको खेती ।
राख सर्त अमृत बुटी संजिवनिको – नैतिकता तिमीमा छके कती ।।
स्वास्थ्य मन्त्री छौ रोगी ग्यांस्ट्रिकका-मिठो चोखो खानै नहुने रोग ।
सांच्चिकै पररास्ट्र मन्त्री हौभने तिमी -बिरामी सुस्ता लाई औषधी शोध ।।
कैंची समात्न नजान्नेले किन यहाँ – खोल्दछौ हायरकट सैलुन को पसल ।
राज्यको बागडोर समाल्न नसक्नेले अब-किनरा लाग्दा हुनेछ देसलाई असल ।।
ताजा रगत को खोजिमा छौ तिमी – खुब गर्जिन्छौ राष्ट्र सेवक हुँ भनी ।
सिकायौ भिक्षुलाई चान्डाल हुन तिमीले-लास चपाउदैछन बाबा अघोरी पनि ।।
आफु बलियो हुने रहरले त्यस दिन – चढायौ थाप्लोमा अज्ञानी ति मुर्ख लाई ।
मुर्खकै राज ले ज्वरो आयो सिटामोल खाने-ढलाउछौ कुन सैयामा आज देसलाई ।।
एक्काइसौं सताब्दिका जनताको आज -सोर्हौं सताब्दिको जस्तो आदिम चाल भयो ।
न रह्यो बांस न बज्यो बांसुरी-मुर्ती बुटी सबै सकिय स्वर्ग जस्तो देस कंगाल भयो ।।
अझै गर्छौ विश्वाश तिमी गाउ घरमा – दोबाटो चौबाटोमा पात्लो हलोको कुरा ।
बोलिका छौ खुब मिठा मिजासिला तिमी – मनका छौ राक्षसजस्ता महिसासुर ।।
-कलङ्की, काठमाडौँ