~ज्ञानुवाकर पौडेल~
वर–पिपलको कहानी नसोध
कसरी बित्यो जवानी नसोध
कहिले झरेछन् यी पातहरू
किन रोजें यो विरानी नसोध
रोई रोईकन म तिम्रो यादमा
कति भिजाउँथे सिरानी नसोध
टिप्नै नपाई पीरति को फूल
कहाँ चिप्ल्यो जिन्दगानी नसोध
बिजुली चम्केला’नि फेरि राती
अल्लारे बैंश को नादानी नसोध
(स्रोत : अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३ )