~इन्दिरा थापा~
घाम पानी अनि आँधी हुरीको परवाह नगरी
बिहानीको प्रभात सँगै
खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान
उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन
किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ
मेहेनतले अन्न भित्राउन जानेको छ ।
ऊ उदार हृदयले भरदिन परिश्रम गर्छ
बेलुकीको गाँस टिपाई सँग मिठो तन्द्रामा हराउँछ
भरदिन परिश्रमको पसिना सम्झेर होला
सायदःनिन्द्रादेवीले किसानलाई मिठो सपना देखाउँछिन
ऊ सपनामा हराउँछ, मेहेनतमा रमाउँछ
भोलिपल्ट बिहानै ऊ खेतमा पुग्छ
सपनामा देखे झै उसले पसिनाले माटो भिजाएर
लगाएको बीउ बिजन एंव अन्न बालीहरु
लहलह हावाको झोक्कासँगै बहेली खेलेको देख्छ
अनि उसको मन भित्रैदेखि हर्षले
हर्ष विभोर भई फुरफुर नाच्न थाल्दछ
सायदः यस्तै अथाह मेहेनत र परिश्रम गर्न सकेर नै होला
मानो खाएर मुरी उब्जाउने जात भनेर
सिसानलाई चिनिन्छ ।।
इन्दिरा थापा
फूलासी— १ रामेछाप
(स्रोत : वसन्त-पल्लव साहित्यिक त्रैमासिक,मन्थली-रामेछाप)