गजल : खोज्दै छु म !!

~हरी गौतम~

छाडी गयौ र ? होईन लाग्छ,चारै तीर खोज्दै छु म !!
साँचो हो की कल्पना मात्र, किन यस्तो सोँच्दै छु म !!

परेली यी रसाए आज, पराई भयौ रे भन्ने सुन्दा..
आफ्नै मूटुमा तीर हानी किन आफै घोच्दै छु म !!

सुन,चाँदी,हीरा,मोती दिन केही सकीन मैले
बाँकी जीवन उपहार स्वरूप दिन्छु भनी रोज्दै छु म !!

दाम्पत्य जीवनको कामना छ है,संधै सुखी रहनु तिमी.!
दु:खी भई होईन साच्चै खुसीका आँशु पुछ्दै छु म !!

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.