कविता : वास्तविकता

~रवि थापा~

ठूलो कष्ट भोगेपछि
अनौपचारिक अनुभूति आउछँ
अनि सन्देश वाहक नसाहरु
नसा–नसा चुम्दै
जाजरकोट पुग्छन्
हुम्ला,जुम्ला र महाकाली हेछर््न
अनि त्यहाँको दर्दनाक स्थिती,
र यति ठूलो भयानक महामारी पनि ।
तर,
खै सरकारको दायित्व ?
महामारी क्षेत्रको जनसँख्या
दिन दुगुना र रात चौगुणा वड्दैछ
कति मात्र सहनु जनताले
बजार भाउ आकासिदो छ ।
काठमाण्डौको फोहोर र दुर्गन्धले
स्वाइनफ्लू नआउला भन्न सकिन्न
देश बनाउँछु भनेको सरकारले
भ्रमण र सपथ खादै ठीक छ
महान छन हाम्रा राजनीतिज्ञहरु
अनि नेता भनौदाहरु पनि,
भनिन्छ नी बाँदरले आफु पनि घर बनाउदैन
र अरुले बनाएको पनि भन्काउँछ भनेर
हो यही प्रवृत्तिबाट पोतिएका छन्
हाम्रा देश हाक्ने ड्राईभरहरु
यस्तै–यस्तै हुने हो भने,
देशको अस्तित्व जोगाउन
सायद हम्मे–हम्मे पर्नेछ
अनि देशले बाध्य भएर
बनाए हुन्छ ओटोहन
जन्माए हुन्छ डाःगेटलिङ्ग
बनाए हुन्छ मेसिनगण र
चलाए हुन्छ तेस्रो विश्व युद्ध ।
जलाए हुन्छ नव वुद्ध
ढाले हुन्छ पूर्खाको धरोहर ।।

◘ रवि थापा
फूलासी–५ रामेछाप

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.