~दीपक कुमार ज्ञवाली~
अन्ततः के दियौ नेपाललाई के दियौ नेपालीलाई ।
खै सम्मान गरेको वीर शहिदहरुको उत्सर्गलाई ?
लिलाम गर्दै गयौ भएका उद्योग कलकारखानाहरु ।
भएको रोजगारबाट विस्थापित गर्यौ नेपालीलाई ?
१
विभेद भएकै थियो त्यो क्रुर पञ्चायती शासनमा ।
पञ्चायती पिडकबाट पीडीत स्वतन्त्रकापक्षधरहरु ।
संकल्प स्वतन्त्रताको झण्डा फहराउँने नेपालमा ।
पूर्णभयो त्यो संकल्प , विराशत पञ्चायतकै रह्यो ।
२
परिवर्तन शासक की ब्यवस्था अझै संशय रह्यो ।
विधिको शासनब्यवस्था कायम हुन अधुरै रह्यो ।
सत्ताको विराशत थाम्ने संरचना जस्ता भएपनि ।
सत्ता प्राप्तिकाखातिर संघर्षको वलिदान खेर गयो ।
३
फोरीय हातखुट्टा शेरीयगला पूछीय सिउँदाको सिन्दूर ।
गरियो मानिसको मोल मोलाई जनता सुराकी भए ।
दोहोरो चेपुवामा परे मानिस दिनचर्या दुखःमा थिए ।
जनताका पुल विध्यालय स्वास्थ्यसंस्था निशाना भए ।
४
निशाना जनताका सरोकारका कार्यालय भवनहरु ।
आज आबश्यक यि कार्यालयहरु हिजो किन फोरीए ?
बेपत्ता छन् नागरिकहरु खोज्ने दरकार किन पर्यो ।
अन्ततः सत्ताका खातीर यिनीहरुको मुटु नै जोरीयो ।
हिसाब माग्न पर्छ नेपालीले नेपाललाई के दियौ ।
५
हिजोभन्दा आज स्खलित हुँदै जनताका जिवनस्तर ।
बन्नसकेनन् सबैका राजनीतिदल, स्वार्थ हावी भयो ।
अन्तध्र्यय धकेल्नुरहेछ पछाडी नेपाल र नेपालीलाई ।
कसको मोहरा बने राजनीतिकदल यो के देख्नु पर्यो ?
६
खेतबारीको पाटो होईन देश चिरेर अंशबण्ड गरिदिने ।
राजनीतिदल पिच्छेको मोहोरा बन्दैन, बन्दैन यो देश ।
अक्षुण हो कसैसंग नझुकेको नेपाल स्वाभिमानी देश ।
सधै झ्याँक्झ्याँक्पारी नहल्लाऊ पुर्खाको अमानतलाई ।
७
स्वार्थको पछि लाग्ने कस्तो आमाको छातिमा टेकि ।
धनिलाई शक्तिको द्योतक ठान्ने कस्ता नागरिक हामी ।
कसरी आर्जन भयो सम्पत्ति कसरी जोडीयो घरद्धार ।
कहॉबाट आए सवारी साधनहरु हिजो यि तिम्रा थिए ?
खोज्नेहिम्मत नगर्ने कमाइको श्रोत तिनीहरुको बरु ।
सम्मान गर्ने ठुलो घररवार देखेर हे ख्वामीत हजुर ।
अन्ततःके दियौ नेपाललाई के दियौ नेपालीलाई बरु ।
८
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )