कविता : एऽ घामका जुहार हो…

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

एऽ घाम जुहार हो मुहार कोटिकोटि
धरती/आकाश जुटाएर नाँचौं एकै चोटि
धुर्त छली जति बढुन् दुष्ट बेइमानी
बस्नै छ यो अन्धकारलाई एक झोक्का ठानी
एऽ फूल हो आँसु झारी रुन्छौ आज किन ?

घाम/जून मुस्कुराउँदै आउँछन् एक दिन
आशैआशमा उत्साही हौं शिखर हाँसीहाँसी
ढुङ्गामािथ नओइलाउने प्रीत गाँसीगाँसी
आऊ, साथी पूरै आकाश सिङ्गै धरती घुमौं
हृदयमा युगविजयी अमर आस्था चुमौं

जीवन यात्रा अनन्त छ अमृतमा पस्न
कहाँ हुन्छ हरेक पल रोइरोइ बस्न ?
गुण/दोष, दूध-पानी एक छानीछानी
न्याय गर्छ समयले अन्यायीलाई बानी

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

(स्रोत : युवामञ्च २०६८ पुस)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.