गजल : पराई सम्झ

~मनोज न्यौपाने~manoj-neupane

कि आफ्नो सम्झ कि पराई सम्झ
केही न केही त मलाई सम्झ ।

हलचल कस्तो होला दिलमा
एकपल्ट दिलमा सजाई सम्झ ।

कति सुन्दर छ पूर्णेकोे जून
शङ्काको बादल हटाई सम्झ ।

सम्झदा ज्यानै जाने त होइन
सुटुक्क मनलाई फकाई सम्झ ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.