~सुरेस खनाल~
माछापुछ्रेलाई बिस्तारै
बादलले ढाकेर,
फेरी बादल हटेर,
माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको,
मैले सरानकोट बाट नियाल्दा,
निलो आकाशले जसरि मलाइ छोप्छ;
त्यसैगरी,
तिमीले तिम्रा केशरासी मुहार बाट हटाउँदा,
तिम्रा अर्धमुदीत नयन,
अलिकता माथि उठेर मलाइ हेर्छन
र फेरी झुक्छन।
ठिक त्यतिबेला,
तिम्रो नाकको फूलिबाट परावर्तित ज्योतीले,
मेरो आँखामा चमक ल्याउँछ
र म तिम्रो गालाको लाली हुँदै,
ति अमृत प्यालाहरुमा हराउँदै,
तिम्रो मुहार जब हेर्छु,
मलाइ तिम्रो सुन्दरताले छोप्छ!
मात थरिथरिका हुँदारहेछन्। मदीराको मात, धनको मात, पदको मात ईत्यादी, तर केहि समयविषेशमा सबै मातलाई मात गर्ने सुन्दरताको मात हुँदोरहेछ
-यु एस् ए
फेव्रुअरि १, २००६
(स्रोत : साझा डट कम)