कविता : बिधीको शासन फेल भो

~कुन्दन काफ्ले~

दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो ।
छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो ।
पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो ।
मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो ।

न्याय र शान्तिमा झेल भो, नागरिकताको ‘सेल’ भो ।
मातृभूमीमा गद्दार बढ्दा सहिदको सपना ओझेल भो ।
राजनिति पार्टीको रखेल भो, अवसरवादी बोक्ने रेल भो ।
धम्की र कब्जाको फेरीले विधीको शासन फेल भो ।

दादागिरीलाई ताली भो ।
षड्यन्त्रकारीका माझमा इमान्दारी चाहिं गाली भो ।
माफियाकै साथमा हलो,जुवा र फाली भो ।
आतंककारी कै हातमा सडक,सत्ता र भm्याली भो ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.