कविता : पहेंलो भ्यागुता

~बिमल गुरुङ~bimal-gurung

कता छ ट्याँकी कता छ?
कता छ पाइप कता छ?
म, पाइपबाट
पानी भर्छु ट्याँकीमा ।

कता छ सलाई कता छ?
कता छ पेट्रोल कता छ?
कता छ पराल कता छ?
म, परालमा
पेट्रोल चढाउँछु उपहार ।

सलाई छैन?
बजारबाट सलाई, वजारबाट
बन्द छ वजार?
पल्लो घरबाट सलाई, पल्लो घरबाट
म, परालको छालामा
तातो सलाई धसिदिन्छु, तातो सलाई ।

कता छ भ्यागुता कता छ?
कता छ खाल्डा कता छ?
खाल्डा भेटिएन?
कता छ झ्याम्पल कता छ?
कता छ खन्ती कता छ?
झ्याम्पल भेटिएन?
खन्ती भेटिएन?
छालाको लौराले खन छालाको लौराले
छालाको हातले खन छालाको हातले
म खाल्डाको आन्द्रामा
पहेंलो भ्यागुताको आगमन बोलाउँछु पहेंलो भ्यागुताको
म, परालको छालामा
तातो सलाई धसिदिन्छु, तातो सलाई ।

(०४६/८/२६)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.