कथा : पालोको पैचो

~पूर्ण कान्छा गुरुङ~

एका देशमा एउटा ढिकुरे नामको सानो गाउँ थियो । ्यो गाउमा भौगोलिक बनावटीको कारणले गर्दा त्यो गाउ अरु गाउहरु भन्दा अलग प्राकृतिक सुन्दरताले सजिएको थियो । दाया बाया बाट सानो खोल्साले काटेको थियो भने तल लिखु खोला अनन्त बगिरहेको हुन्छन । त्यो गाउको वरीपरिबाट विभिन्न किसिम्का बनस्पति बोटबिरुवा हरियो जंगलहरु सुन्दर्ताले भरिएको अनुभब गर्न सकिन्छ । त्यो गाउलाई नै ढिकुरे भन्ने गर्दथे ।

त्यहाका समाज सानो भएको कारणले त्यो गाउलाई सानो गाउ पनि भन्ने गर्दथे । त्यो गाउको वरिपरिका बासिन्दाहरुले पनि कति प्रसंसा गर्थे कस्तो सुन्दर सानो गाउ त्येहाँ घुम्न जान पाए पनि कति आनन्द हुन्थ्यो होला है भन्दै एकअर्कामा प्रसंसा गर्दथे । त्यहि गाउको नजिक अर्को ठुलो गाउ थियो नजिक भन्नाले २ घण्टाको दुरीमा पर्दथ्यो । कुनै दिन त्यै ठुलो गाउको युवा र सानो गाउको युवती अचानक परिचय गर्न पुगेछन। यो बाताबरण कसरि तय हुन पुगेछ भने पढाइको सिलसिलामा । एकै सालमा यी दुबैले यस यल सी पास गरि सके पछी दुबैको एउटै ठाउमै आइ ए को अडमिसन गर्ने निधो प्यारेन्सले गरिसकेको रहेछ तर ति युवा युवतीलाई भने थाहा थिएन ।

त्यो ठाउको नाम रानीबन भन्दारहेछन यसै क्रममा ठुलो गाउको यूवाले आइएको फ्रम भर्नाको लागी घरदेखि रानीबन सम्मको यात्रा सुरु गरिरहेको हुन्छ । त्यही यात्राको क्रममा सानो गाउको नजिकैमा एउटा चौतारी पनि थियो त्यही चौतारीमा ठुलो गाउको यूवाले हावासग सुस्केरा हाल्दै बसिरहेको हुन्छ । केहि समय पछी सानो ढिकुरे गाउकी यूवती पनि आफ्नो आइ ए को फ्रम भर्नको निम्ति नै उनि पनि रानीबन सम्म लागेको हुन्छे । सोहि क्रममा यी दुवै यूवा यूवती चौतारीमा अनयासै भेट हुन्छ तर यी यूवा यूवती बिच चिनजान भने थिएन। ति यूवती चौतारीमा पुग्दा यूवा बसिरहेको हुन्छ ।

उनि पनि एक छिन बिस्राम लिन तिर लाग्छिन । यूवाको मनमा भने अनेक सोच पलाएको हुन्छ यी यूवती कहाँ बाट कहाँ सम्म लागेको होला परिचय गर्न पाएपनि हुन्थ्यो भन्दै सोच्न थाल्दछ |तर भन्न भने सकिरहेको हुदैन र उकुस मुकुस भैरहेको हुन्छ । सानो गाउको यूवती पनि सोहि चौतारीमा आफ्नो पढाइको बारेमा सोचिरहेको हुन्छे । यूवती भने एकदम अनुसासित र राम्रो स्वभावकी थिइन दुखमा नआतिने सुखमा नमातिने गल्ति काम नगर्ने सहि सत्य गर्ने र सत्य साचोबोल्ने हुन्छे ।यूवा पनि त्येस्तै अनुसासित दुख सुख बुझ्ने खालको नै हुन्छ तर आफुले भन्न लागेको कुरा भन्न डराउने स्वभावको हुन्छ ।

केहि समय पस्चात यूवतीको आखा यूवाको नजर तीर पर्न पुग्छ यूवा त्यो समयमा आफ्नो मनमा उब्जियका कुरा भन्न नसकेर अफ्ठेरो मानिरहेको हुन्छ । यूवती भने युवाको व्यथा उस्को अनुहारबाटै थाहा पाइसकेको हुन्छे । पक्कै यो दाइलाई केहि अफ्ठेरो परेको होकी भन्ने सोची एकचोटी सोध्न पर्यो भन्दै बोलाउछे (Excuseme) दाई हजुर म भन्दा पहिलेदेखि यही चौतारीमा हुनहुन्थ्यो कहाँ सम्म लग्नु भएको हो ? कि केहि अफ्ठेरोमा पर्नु भएको त छैन दाई ? यूवालाई कसरि परिचय गरौ भैरहेको बेला अझ उल्टै यूवतीले बोलाउदा त उस्को मन खुसीले गद्गद् हुदै बोल्न थाल्छ होइन होइन केहि समस्या परेको छैन यो चौतारीमा चलीरहेको हावासगै पढाइको बारेमा सोचिरहेको नि ! दाइ पढाई कस्तो पढाइको बारेमा दाई? फेरी प्रश्न गर्छे । केहि हैन बहिनि आइ ए को फ्रम भर्न भनि रानीबन तीर लागेको अनि त्येसैको बारेमा हो नि ।

अहो ! दाई आज अचानक हजुरसग भेट भयो अझै एउटा प्रश्न सोध्न मन लग्यो माइन गर्नु हुन्छकी ? प्रश्न पनि धेरै सोधी सके ! किनर केहि छैन तेस्तो अफ्ठेरो सोध्नुन । दाई हजुरको परिचय पाए हुन्थ्यो ? बहिनि के यसमा पनि माइनको कुरा गर्नु भएको नि ! मेरो नाम प्रदिप आले मगर हो घर मेरो फुलबारी गा बि स वाड न. ३ मा पर्छ । जिल्ला ओखलढुंगा हो । मलाई दिप पनि भनेर चिन्छन अहिले म एस एल सी सफल पारेर आइ ए को फ्रम भर्ना रानीबन लागेको हु । यहाँ पढाइको बरेमा सोच्दै स्वच्छ हावा लिईरहेको थीए तपाई पनि यही चौतारीमा आराम लिनु भयो र मैले पनि सोध्न खोजे कहाँ सम्म कहाँ देखिको यात्रा भनेर तर म बोल्न सकिन यसै समयमा बहिनि तपाइले मलाई प्रश्न राख्नु भयो खुसी लाग्यो बहिनि रानीबन पुग्नलाई १ घण्टा जति लाग्छ होला अब म पनि जानु छ बहिनीको पनि परिचय पाए म बहिनि बाट बिदा हुन्थे !

दिप सर तपाई त समझदारी हुनुहुदो रहेछ भन्दै आफ्नो बारेमा पनि भन्न सुरु गर्दछिन । दिप सर म पनि एस एल सी सफल पारेर आइ ए को फ्रम भर्न भनि रानीबन नै जान लागेको त हो नि सगै जादा हुदैन ? मेरो पनि साथीहरु कोहिपनि छैन अहिले.. दिप सर अहिलेको समयमा मलाइ पनि तपाईसग परिचय गर्न पाउदा ज्यादै खुसी लाग्यो । दिप रस अब सगै जादा हुदैन ? किन नहुनु बहिनि अब बाटो लागौ कुरा गर्दै बाटो पनि त छोटिन्छ । अझ १ घण्टा लाग्छ होला रानीबन पुग्नलाई भन्दै यी दुवै जना अगाडी बडछन् यात्रासगैको क्रममा दीपले प्रश्न राख्दछ बहिनि तपाइको नाम ? दिप रस मेरो नाम स्मृति गुरुङ मेरो घर फेदिगुठ गा बि स वाड न. १ ढिकुरे भन्ने गाउमा पर्छ जिल्ला ओखलढुंगा नै हो मलाई प्रिती पनि भन्ने गर्छन । यस्तै यी दुई बिच कुरा गर्दै जादा जादै ठिक स्थानमा पुग्न सफल भैसकेको हुन्छन ।

फारम भर्ने काम लिएर गएको हुदा सो काम यूबा यूबतिले पुरा गरि ति यूबा यूवती सोहि बाटो आफ्नो गाउ फर्कन्छन । यो जम्का भेटको परिचयले यिनी यूबा यूबतिबिच घनिष्ट साथीको नाता बन्दछ यसरि यी यूबा यूवती बिच परिचय हुन्छन । अब भने नाम बाट बोलाउने हामी साथी साथीमा भन्दै प्रिती र दिप बिच सुख दुखमा साथ दिने यकअर्कामा भन्ने बाचाको साथ उनीहरुको गति अगाडी बढिरहेको हुन्छन । प्रिती र दिप बिच गाउमा आएर पनि जो सुन्दर चौतारी थियो तेही चौतारीमा हप्तामा भेट गर्ने गर्दथे । यस्तै भेटको सिलसिलामा एकदिन दीपले प्रितिलाई (request) गर्दछन ।

प्रिती अब हामी एकदिन कतै गाउतिर घुम्न जानु पर्दछ प्रिती तपाई के भन्नु हुन्छ ? दिप सर तपाइले त भन्नु भयो म पनि कहाँ नाई हुन्न भन्दछु र हुन्छ नि दिप सर तर ….. प्रिती किन तर के भयो र के मैले नराम्रो भनेर ? दिप सर के तपाई कहिले घुम्न कहिँ जानु भएको छ ? म पनि घुम्न गएको छैन तेसैले त मैले तपाईलाई जाउ भनि (request) गरेको त ! अनि असल साथी पनि त पाएको थिईन आफु जस्तो ! प्रिती जी……. म पनि घुम्न गएको छैन तेही भएर त मैले पनि तर भनेको नि ! यस्तै रमाइलो कुरा गर्दा गर्दै प्रिती र दिप बिच घुम्न जानेको सल्लाह हुन्छन घुम्न कहाँ जाने भन्दा दीपले प्रीतिको गाउ अहिले सम्म नपुगेको र प्रीतिले पनि दिपको गाउको बारेमा केहि थाहा नभएको त्येही सल्लाहा अनुसार प्रिती र दिप प्रीतिकोगाउ जाने निष्कर्समा पुग्दछन ।

प्रीतिको गाउ प्राकृतिक सुन्दरताले मात्र नभएर बिकासको क्रममा पनि गा बि सको एक पर्दछ त्यहाँ बिकासको आधारमा कुनै कमि थिएन संचार माध्यम देखि लिएर सडक बिजुली खाने पानी सिंचाइका लागी पानी र घर घरमा सौचालय सम्मको बिकाश भैसकेको हुन्छ हुनत त्यहाका बासिन्दा सबै अनुसासित भएर पानी हुन सक्छ । गाउमा धेरै भन्दा धेरै बिकासमा अगाडी भयको कारण यो पनी हुन सक्छ त्यहाका सामाजिक मानब जाती सभ्य र स्वच्छ भावका अनि सामाजिक कार्यमा समजदारी भएर पनि । त्यस्पस्च्यात प्रिती र दिप प्रीतिको गाउ ढिकुरे भन्ने ठाउ जाने निदो हुन्छ भोलि नै । भोलिको दिन सनिबार परेको हुन्छ भोलि सनिबारको बिहान ठिक सात बजे (सैलुंग डाडा) भन्ने स्थानमा भेट गर्ने सल्लाह गर्छन । सल्लाह स्वीकार्दै प्रिती र दिप छुट्टिने समय भैसकेको हुन्छ ।

गोधुली साझ पनि परिसकेको कारण गोधुली साझको सिरेटो सगै प्रिती र दिप बिदाइको कार्यक्रम सुरु गर्दछन । प्रीतिले दीपलाई बिदा हुनको लागि अनुमति माग्दै दिप सर अब हामी छुट्ने हैन ? साझ पनि परिसक्यो यो मेरो पहिलो चोटी हो बेलुका राति सम्म बाहिरै रहेको नत्र यो बेलामा म जहिले पनि घरमा हुन्थे! यसरि कहिले हिडेको थिइन मनमा डर उब्जाउदै सानो स्वोरले अनुरोध गर्छिन । दीपले सहजै स्वीकार्दै हुन्छ प्रिती अब हामी भोलि भेट्ने छौ बाकी कुरा हरु भोलिको भेटमा गरौला…… दिप सर (Afcross) हुन्छ भन्दै आ आफ्नोबाटो लाग्दछन ।

भोलि सनिबारको दीनमा प्रिती बिहानै उठेर पर्सनल काम सकाएर दीपलाई लिनको लागि पहिलो दिनमा तोकिएको स्थान सैलुंग डाडामा पुग्छिन । बस्छिन दिपको प्रतिक्षामा बाटो हेरी हेरी ….. दिपको बिहान अबेर सम्म सुत्ने बानी थियो तेस्तो बानी भएको कारण आइपुग्ने अत्तो पत्तो नभएको प्रितिलाई थाहा हुन्न थ्यो र पनि प्रिती दिपको प्रतिक्षामा समय बिताएको आधा घण्टा भै सकेको हुन्छिन । पर्खाइमा बस्दा एउटा गीत गुनगुनायो ‘’पर्खाइमा भिज्यो सिरानी सम्झानिमा बित्यो सपनी” यो गित तेती खेर दिपको पर्खाईको पिडामा चरितार्थ बन्यो र प्रीतिले दिपको पर्खाईमा बस्दा एउटा ज्ञान पनि प्राप्त हुन आउछ गित संगितको बारेमा । हो साच्चै संगित एउटा साधना हो दुख पिडालाइ सगाल्न सक्ने त्येस्तै मलाई पनि यो घडीमा संगितको सहारा लिनु पर्यो भन्ने सोच्छे ।

सोच्छिन म यो प्रश्न दीपलाई पनि गर्ने छु गीत संगित भनेको के हो भन्दै । फेरी दिप कहिले आउने हो सोच्दै दिपले बोलेको बचनमा हराईरहेको बेला दिप पनि त्येही समयमा आइपुगेको हुन्छ दिप पनि एउटा संगीतको धुनमा “तिम्लाई भेट्न आउदैछु तिम्रो गाउमा” भन्ने गीतको लयमा आफ्नो ठुलो सुसेली मिलाउदै आईपुगेका हुन्छन सैलुंग डाडामा । भेट्दै दीपले प्रितिलाई सुभप्रभात टक्र्याउछ (hi preety I’am so sorry I’m to let’s come ) हाई प्रिती आइ एम सो सरी आई एम सो लेट कम.. प्रिती रिसाए झैँ एकछिन नबोले पनि मनमा चाही धेरै हतारमा हुन्छे आफ्नो गाउमा दीपलाई लिएर जानकोलागी बोल्छिन ( thank’s ) दिप केहि छैन तपाइको पनि केहि काम पर्यो होला त्येही भएर समयमा आइपुग्न सक्नु भएन … हामी साथि साथीमा एती कस्ट गर्दैमा के हुन्छ र ! भन्दै सोच्छिन मनमनै आचानोको चोट खुकुरीलाई के थाहा… प्रिती तपाई रिसाउनु भएर के सोच्दै हुनुहुन्छ हो ? सो सरी मलाई माफ गर्नु ल बिहानको समय भनेर म अलि ढिला भए तपाई भन्दा भन्दै आफ्नो गल्तीलाई स्वीकार्दै कान समाते झैँ गर्छ ।

प्रिती झस्किदै के भन्नु भएको भो भो दिप सर तेती ढिलो आउदैमा कान समात्नु नै पर्छ र ? मैले सजाय दिएकै छैन…….भो अब यी कुराहरुलाई यही बन्द गरौ जाउ अब मेरो गाउमा जाने भन्नु भएको हैन अनि म त हजुरलाई लिन मात्र के भन्दै थिइन प्रिती दिप हास्दै बोल्न थाल्दछ मेरो गाउ जाउ भनेर बोलाउनु भाको हैन ? लाने भएत जाने हो…. यस्तै यस्तै रमाइला हासो कुराहरु गर्दै प्रिती र दिपको यात्रा प्रीतिको गाउतिर हुन्छ । आधा घन्टाको सुनौलो यात्रा पछी प्रिती र दिप प्रीतिको गाउ पुग्न सफल हुन्छन । प्रीतिले दीपलाई आफ्नो गाउको सुन्दर ठाउहरुमा घुमाउन लान्छिन प्रितले आफ्नो लोकप्रिय सुन्दर झरना बनजंगलहरु सबै घुमाईसकेपछी साझपख आफ्नो गाउको माथिल्लो डाडामा पुगेको हुन्छन ।

प्रिती र दिप जुन डाडामा थीए प्रिती र दिप त्यहाँबाट प्रितिको गाउको एरिया सबै देखिन्थ्यो । एक छिन (रेस्ट) बस्छन यी प्रिती र दिप त्यति बेला दिप चाही प्रीतिको गाउको बाताबरणको बारेमा र त्येहाको सामाजिक आधारभूत आबस्यकता बिधुत पानी संचार अन्य देखेर दिप एक छिन एकहोरी आफ्नै गाउ बस्तीमा हराउदै मनमनै सोच्न थाल्दछ हाम्रो गाउमा किन ? यतिको बिकास हुन नसकेको होला कारण के होला भन्दै सोचेको बेला प्रितिले बोलाउछिन दिप सर कहाँ हराउनु भएको कुरा गर्नु न भन्दै दिप झस्किदै केहि समय पस्च्यात दीपले प्रितको गाउ बिकसित स्थलको प्रसंसा गर्न थाल्दछ । प्रिती कति राम्रो सुन्दर गाउ चारैतीरबाट हरियाली जंगलले घेरेको बिचमा सानो गाउ ।

यहाको समाज कस्तो होला भनि सानो गाउमा पनि यति धेरै बिकस भै सकेको दीपले देखेको यथार्तलाई प्रितिलाई सुनाउछन् । प्रितले बिचमा कुरा काटेर बोल्छिन दिप सर सिधै भन्नुन एउटा टापु गाउको समाज कसरि सभ्य हुन सकेछन भनेर……प्याच्चा बोल्दै प्रीतिले दिपले भन्न खोजेको सबै खोतली दिन्छिन | अनौठो सोची हैन प्रिती हामी तेस्तो सोच्ने हो भने त हामी एक अर्कामा कसरि विश्वास गर्ने ? न्यास्रो अनुहारले बोल्दै प्रिती (thank you deep) धन्यवाद !! मलाई विश्वास छ मन नदुखाउनु होला तपाई साच्चै इमान्दारी हुनहुन्छ कतिको रिसाहा रहेछ भनेर यसो मन बुझ्न खोजेको मात्र हु । (I’m so sorry deep) मलाइ माफ गर्नु दिप…. व्यंग्यात्मक पाराले दीपले बोल्दछ किन (sorry) जाबो मेरो मेरो मन बुझ्नलाई येत्रो नाटकनै गर्नु पर्छ र ? एदी हामी (friendship) साथीको सम्बन्ध बैबाहिक संबन्धमा परिणत गर्ने हो भने त तपाइले मेरो कुरा नै विश्वास गर्नु हुन्न क्या हो ? हा हा हा हा हा ……

पालोको पैचो तिरिहाल्नु भो अब यी कुराहरु गर्न छाडौ भन्दै …… दिप चाही प्रीतिको गाउ जतिको बिकास आफ्नो गाउमा पनि गर्ने योजनाहरु ल्याउनु पर्दा समाझको भूमिका कस्तो हुनु पर्छ ? यी प्रश्नहरु पहिले देखिनै प्रितिलाई सोध्न खोजिरहेको हुन्छ तर प्रितिचाही अरुकुरामै व्यस्त हुन्छिन । बल्ल प्रीतिले दीपलाई बोल्न मौका दिन्छिन दीपले पनि फटा फट प्रश्न सोध्न थाल्छन । प्रिती तपाइको गाउ अरु गाउहरुको दाजोमा धेरैनै बिकासको क्रममा अगाडी छ खाने पानी देखि लिएर संचार बिधुत, सडक, यातयात, बिध्यालय, गोरेटो घोरेटो बाटो, घरघरमा सौचालय मानिसको लागि आधारभूत आबसेक्ता हरुको सबै सुबिधाहरु भैसकेको छ यस्तो योजनाहरु ल्याउन अर्थात् मेरै गाउमा ल्याउनको लागी समाजको भूमिका कस्तो हुनुपर्दछ ?

प्रिती बोल्दै सर्बप्रथम त तपाइको गाउमा सस्था वा क्लबको अबसेकता हुन्छ किनकि एक्लै कुनै पनि काम गर्न सकिन्न । त्यस पस्च्यत गाउमा प्रतेक यूबा यूबतिहरु त्यस सस्थामा अबद्ध हुन जरुरि छ पोजेटिभ ढंगले साथै सस्थाका पदाधिकारी र आजिबन सदस्यहरुबाट गाउ बिकासका लागि योजनाहरु तर्जुमा गर्नु पर्ने हुन्छ । कहाँ के र कुन कहाँ गर्ने भन्ने झैँ …यो योजनाहरु बनाउदा समाज र सस्थाको क्षमतले कतिको सम्म धान्ने छ यी सबै कुराहरु मिलाउने सस्थाका पदाधिकारीहरुले नै मिलाउनु पर्ने हुन्छ । समाजको भूमिकामा जब योजनाहरु आउदछ गाउमा तब त्यो गाउका समाज एकजुट भै अघि बढ्नु पर्दछ जहिले पनि पछी भने हट्नु भएन नत्र भने गाउ बिकासका लागी सम्भब हुदैन । धन्यवाद !!

प्रिती तपाईसग मैले छोटो समयमा धेरै कुरा हरु सिक्न पाए गाउ बिकासका लागि म अनबिज्ञ थीए मेरो आखा खोलि दिनु भयो र म तपाइको गाउ आउनु भनेको सौभाग्य ठानेको छु धेरै खुसी लागेको छ प्रिती मेरो गाउमा न त सस्था छ न त्यहाको समाजनै एक हुन्छन सबै मनिष आ आफ्ना रोजीरोटीमा मात्र ध्यान दिन्छन सस्था र समाज केहो थाहा नभएको गाउ छ मेरो गाउमा धेरै पढेको सिक्षित बिद्धान व्यक्तिहरु पनि छन् तर तिनीहरु नै यस्तो गाउ परिबर्तन कार्य तीर सोच्दैनन अब म गएर यक चोटी सबै यूबा युबतीहरुसग सल्लाह गर्नेछु अनुरोध गर्नेछु भन्दै दीपले प्रितिलाई आफ्ना गाउका अविकास रहेको केहि कारणहरु बताउदछ प्रीतिको गाउको माथिल्लो डाडामा आठ घन्टाको केहि सन्देश मुलक र केहि भाबपूर्ण केहि अतिवास्यक कुराहरु गर्दा गर्दै समयले नेटो काटी सकेको हुन्छ अतालिन्छिन प्रिती दिप सर हामीलाई त थाहै भएन !

भन्ने गर्थे समयले पर्खदैन बगेको खोला फर्कदैन यस्तै दिप सर समयले हामीलाई बिदा दिई सकेछ आजको जस्तो समय कहिले पनि आउने छैन दिप सर मलाई पनि छुट्न मन त थिएन के गर्ने समय र परिस्थिति अनुसार चल्नु पर्दछ त्यसैले आज हामी यो घुमघामलाइ यति नै सम्म समयले साथ दिएछ त्यसैले दिप सर आजलाइ एतीमै सिमित गरौ भन्दै प्रिती दीपलाई प्रितीकै घरमा बस्नको आग्रह गर्दछिन तर दिप र प्रित धेरै लामो दुरीको नभएको हुदा झन्डै १ घण्टाको अन्तरालमा थियो एक आपसमा घर त्यहि भएर दीपले प्रितिलाई सोहि प्रीतिले भनेको जस्तै मलाई पनि कति रमाइलो लाग्दा लाग्दै समयले नेटो कटेछ भन्दै दिप प्रितिलाई हाम्रो भेट भैरहोस हाम्रो नाता रहिसहोस भन्दै चौतारीमा भेट गरौला भन्दै प्रिती सग बिदा लिएर आफ्नो गाउँ फर्कन्छ

गाउँ पुगिसकेपछि त्यहाका यूबा यूवतीहरुसग गाउमा हामीले यस्तो योजना ल्याउनु पर्छ कि बिधुत देखि लिएर हरेक मानिसको लागी आधारभूत आबसेक्ता सबै हामी हातमा हात् साथमा साथ आत मा आत मिलाएर यहाको कोहि पनि यूबा यूबतिले कुनै देश विदेश जानु नपर्ने ढंगमा सम्पूर्ण आबसेक्ताको सामग्रीहरु ल्याउन जरुरि छ यो गाउको काचुली फेर्नु पर्छ भनेर सबै आफ्नो गाउका यूबा यूबतिहरु माझ सुनाउदै र लगाउदै त्यहि बाटोमा दिप झन जोसिएर “आफ्नो गाउ आफै बनाउ” भन्दै लागी पर्दछ ……

……………. समाप्त …………….

पूर्ण कान्छा गुरुङ
ओखल्दुङ्गा हाल दोहा !!

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.