~बच्चु कैलाश~
उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिंड रे
डाँडामाथि गोरेटो छ बनको किनारामा
त्यो गीतले जरा हाल्यो मेरो हियारमा
भावनाका फूल तिम्रा फूल उन रे
एकै स्वर एकै लहर बाटो हिंड रे
तरतर खसेका छन् पसीनाका धारा
लेकमाथि झुल्केका छन् नेपालका तारा
नयाँ नेपाल बनाउने यिनै हुन रे
एकै स्वर एकै लहर बाटो हिंड रे ।।
शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश