संस्कृति परिचय : बज्जि र बज्जिका

~शीतल गिरी~

बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो ।

बुद्धको समयमा बज्जि एउटा प्रसिद्ध महाजनपद थियो । यस अन्तर्गत आठ जनपदहरूमा विदेहको राजधानी मिथिला एवं बज्जिसङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो ग्रन्थ ‘अष्टाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्जयो’ को रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनकवंशको पतनको साथै बनेको बज्जिसङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोशी पश्चिमको भूभाग प्राचीन बज्जि विदेह सङ्घको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा पहिलेका राजा विशालको वंशावली उपलब्ध छ ।

राजा विशालको वंशको तेतीसौं राजा सुमतिले ग·ाको उत्तरी किनारस्थित विशालापुरीमा विश्वामित्रको साथमा राम र लक्ष्मणको राजकीय सत्कार गरेका थिए । ‘वाल्मीकि रामायण’ (१.४५.९) अनुसार विशालापुरीको भूगोल निम्न अनुसार छ—
उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदा:
ग·ा कूले निविष्टास्ते विशालां दर्दशु: पुरीम्

राजा सुमति पछिको इतिहास एकदम चुप छ । तब पनि यति कुरो त थाहा हुन्छ नै कि वैशालीका राजा सुमति, अयाध्याका दशरथ र विदेहका शिरध्वज जनकका समकालीन थिए । लिच्छविहरूले वैशालीमा गणराज्यको स्थापना गरेको तिथिमिति प्राय: अनिर्धारित छ । बज्जि सङ्घको प्रजातन्त्रको दीपज्योति गौतम बुद्धको परिनिर्वाणको तीन वर्षपछि ४८४ ई.पू.मा निभ्यो । नेपाल बहुभाषा, बहुधर्म बहुसंस्कृति भएको देश हो । नेपालका बज्जिका भाषीहरू हिन्दू धर्म मान्छन् र आफ्नै संस्कृति भएका विभिन्न जातका छन् ।

विभिन्न जात भए पनि आपसमा मिलेर बसेका छन् । कसैले पनि जातीय अहड्ढार देखाउँदैन । संस्कृति बचाउनमा सबैको योगदान छ । आफ्नो भाषा बज्जिका भएको र आफू प्राचीन प्रजातन्त्रप्रेमी पूर्वजका सन्तान भएको सत्य बिर्सिसकेका छन् । युगौंदेखि यथास्थितिमा बाँचिरहेका छन् । सजीव भएर पनि कतिपय संस्कृति बिर्सिसकेका छन् । यस्तो हुनु भनेको सुखद पक्ष कदापि होइन । यसबाट आफ्नो पहिचान गुम्छ । जो बाँचेको मात्र छ, विगत बिर्सेको छ, उसको पहिचान गरिमामय हुन सक्तैन । बज्जिसङ्घले सङ्घीय शासन प्रणाली बलियो बनाएको थियो । यस्तो अवस्थामा राजतन्त्रले घेरिएको बज्जिसङ्घको वैशाली मगध साम्राज्यवादी लिप्साको शिकार बन्न पुग्यो । मगधले बज्जिसङ्घमा पहिले आक्रमण गरेको थियो तर बज्जिका दूरदर्शी सङ्घनायक चेटकले आफ्नी छोरी चेल्लनाको विवाह (५३० ई.पू.) बिम्बसारसँग गरिदिए । तर चेल्लनाको छोरो अजातशत्रु (४९५–४६३ ई.पू.) को दुर्धर्ष महत्त्वाकाङ्क्षाको कारण वैशालीको पतन ४८४ इं.पू. मा भयो । यस पतनको साथसाथै बज्जिसङ्घको सांस्कृतिक गरिमा र्‍हास हुन थाल्यो ।

बज्जिसङ्घको उत्तर जीवनयात्रा धार्मिक क्रान्तिको समय हो । जैन तीर्थंकर महावीर र गौतम बुद्धले आफ्नो धर्मोपदेश गरेको पाली–अप्रभंश भई आधुनिक भारतीय आर्य भाषाको उद्भव भयो । बुद्ध शाक्यवंशी थिए र लिच्छवि क्षेत्रीय थिए । वैशाली पतनपछि यो भूभाग मगधको अधीनमा भयो, उनीहरूले यहाँको सङ्घीय पद्धतिमा बाधा हालेनन् । कालान्तरमा बज्जि र लिच्छवि एक अर्काका पर्याय बन्न पुगे ।

नेपाल अद्भुत प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको ज्यादै आकर्षक देश हो । अधिकांश प्रकृतिप्रेमी र संस्कृतिविद्हरूले एकमतमा स्वीकार गरेको कुरा हो यो । वैशालीको पतन पछि बज्जि र लिच्छविहरू अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको नेपालमा आएको कुरा इतिहासमा पाइन्छ ।

आकारले सानो देखिए पनि सांस्कृतिक गुणवत्ताका दृष्टिले निकै ठूलो यस देशमा एक सयभन्दा अधिक जाति र त्यति नै सङ्ख्याका भाषाभाषीहरू बसोवास गर्दछन् । लामो समयदेखि यहाँ विविध जातजाति र अनेकौं भाषाभाषीको पारस्परिक सौहार्दपूर्ण बसाइ रहिआएको छ । चन्द्रगुप्त मौर्यपछि बज्जिसङ्घको स्वतन्त्रता समाप्त भइसकेको थियो । अशोकको अभिलेखमा, बज्जि–लिच्छविको उल्लेख छैन, तर वैशालीको कोल्हुआ (कोल्लाग सन्निवेश) मा एउटा उत्तराभिमुख अशोकस्तम्भ आज पनि उभिएको छ । तर ईसाको पहिलो शताब्दीको अंतिम समयमा वैशाली र पाटलिपुत्रमा कुषाण सम्राट् कनिष्कको अधिपत्य भइसकेको थियो । कुषाणहरू यहाँ टिक्न भने सकेनन् । पुन: स्वतन्त्रता प्राप्त गरेपछि बज्जि–लिच्छविको प्रतिष्ठा बढ्यो । चन्द्रगुप्त प्रथमको छोरा समुद्रगुप्त (३३५–३७५ ई.) लिच्छवि दौहित्र हुनुमा गर्व गर्थे । फाहियान (चौथो शताब्दी) ले आफ्नो यात्रा वृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेका छन् । यहाँको पुरातात्त्विक उत्खननबाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामको सिक्का पाइएको छ ।

छैठौं शताब्दीको अन्तसम्म वैशालीबाट लिच्छविहरूको पतन भयो । हुएनसाङले नेपालमा बज्जि राज्य भएको उल्लेख गरेका छन् ।

कर्णाटकपछि बज्जिहरूको भूमि सिमरौनगढ मुस्लिम शासनको अधीनमा भयो । कर्णाटकले राज्य गरेको डोय भूमि यथार्थमा बज्जि देशको स्मृतिको अवशेष हो । बज्जिका तत्कालीन डोय राज्यको जनभाषा हो ।

प्राचीन बज्जिसङ्घको भाषा भएको हुँदा यसलाई वृजिका, वैशालीको भाषा, बज्जिका आदि नामहरूबाट सम्बोधन गर्ने गरिन्छ । बज्जिका शब्दको निर्माण बज्जि शब्दमा ‘क’ र ‘आ’ प्रत्यय लाग्नाले भएको हो जुन धेरै प्रास·िक एवं उपयुक्त छ । बज्जिसङ्घको सीमाझैं नेपालमा बज्जिकाभाषी क्षेत्रको सीमा निर्धारणमा पनि एकमत बनिसकेको छैन । बारा, रौतहट, सर्लाही र महोत्तरीको क्षेत्रलाई बज्जिकाभाषी क्षेत्र मान्नु उचित हुनेछ । रौतहटको बोलीलाई नेपालीय बज्जिकाको मानक भाषा मानी शास्त्रीय अध्ययन गरिनुपर्दछ । तब मात्र बज्जिकाको क्षेत्रीय स्परूपको वैज्ञानिकता प्रमाणित हुनेछ ।

भाषिक दृष्टिले नेपालीय बज्जिका भाषी क्षेत्रको पूर्वमा मैथिली, पश्चिममा भोजपुरी र उत्तरमा नेपाली प्रचलित छ । वर्तमानमा बज्जिकाको स्थिति मैथिली एवं भोजपुरीको बीचको छ । अत: ग्रियर्सनको स्थिति द्विधात्मक छ— “मैले सेवेन ग्रामर्स आफ दि बिहारी लैंग्वेज
(भाग–२) मा यसलाई भोजपुरीको एउटा भेद भनेको थिएँ तर वर्तमान सर्वेक्षणमा यसलाई मैथिलीको विभाषा यस कारण भनिरहेको छु कि जुन क्षेत्रमा यो बोलिने गरिन्छ त्यो ऐतिहासिक दृष्टिले प्राचीन मिथिला राज्यको अन्तर्गत छ । तर आजको सम्पूर्ण तिरहुत प्रमण्डल बज्जि महाजनपदमा समाहित थियो ।”

विदेशी भएका हुँदा ग्रियर्सनले ध्वनिको सूक्ष्मता राम्ररी बुझ्न सकेनन् । बज्जिका मैथिली र भोजपुरीभन्दा पूर्णत: फरक छ । यसको प्रवृत्ति तद्भव शब्दतर्फ धेरै रहेको हुँदा यसमा मध्यम वर्णलाई द्वित्व बनाइदिने प्रवृत्ति छ । बज्जिकामा ध्वनिको आफ्नै नियम छ ।

कुनै पनि भाषाको स्वतन्त्र अस्तित्व एवं रूपगत पहिचानको लागि अन्त:साक्ष्यलाई सबल आधार मानिएको छ, यद्यपि बहिर्साक्ष्य पनि सर्वथा उपेक्षणीय हुँदैन । डा.सियाराम तिवारी, डा.अवधेश्वर अरुण, डा.सुरेन्द्रमोहन प्रसाद, डा.विमलेश्वर झा, डा.योगेन्द्र प्रसाद सिंह आदिले बज्जिकाको स्वतन्त्र अस्तित्वको प्रकाश छरिदिएका छन् । सोही प्रकाशमा प्राचीन इतिहासमा गर्व गर्दै वर्तमान उठ्न खोज्दै छ । यो लेखन जागरणको पाइला चलाइ मात्र हो ।

वैशालीको पतनपछि त्यहाँबाट विस्थापित भएका बज्जि–लिच्छवी नेपाल आएका र सोही वंशका विक्रमादित्यले संवत् चलाएको सही पहिचान हुन सक्यो भने हालसम्म गौतमबुद्ध र सगरमाथाको देश भनेर चिनिने यो मुलुकले, संसारकै प्राचीन गणतन्त्र स्थापना गर्ने जातिको रूपमा पहिचान पाउने सम्भावना निकै ज्यादा छ । लेख्नको लागि मात्र नभएर अतीतको भुलिएबिर्सिएको सम्पदाको जगेर्ना गर्नु पनि आवश्यक देखिन्छ । विक्रम संवत्बारे समय समयमा कुरा उठ्दै आएको छ । यसको अनुसन्धान कार्यमा ढिलासुस्ती भने भएकै देखिन्छ । यथार्थ कुराको बोध नभएर केही व्यक्तिले आधारहीन र मनगढन्त विचार व्यक्त गरेका भरमा पहिचानका आधारमाथि लामो समयदेखि खेलवाड हुँदै आएको अवस्थामा आउँदा दिनमा सचेत भएर यथार्थको खोजी र प्रामाणिक कुराको विश्लेषण हुन जरुरी छ । यही आवश्यकताप्रति सजग भएर नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘बज्जि र बज्जिका’ लेखेको हुँ । हालका दिनमा जातीय र क्षेत्रीय पहिचानका कुरा जोरदाररूपमा उठेको छ । यस क्रममा पारस्परिक सम्मान, शान्ति, प्रेम, मित्रता, सहगोग, समझदारी, विश्वासजस्ता कुरामा आघात पर्न सक्ने कतिपय कार्य पनि भएका देखिन्छन् । सबैका पहिचानका आधारहरू सुरक्षित हुनुपर्दछ । मेरो विचारमा लखनदेही नदीभन्दा पश्चिम, अडुवा नदीभन्दा पूर्वको भाग आदर्श बज्जिका क्षेत्र हो । लखनदेही नदीभन्दा पूर्वको बज्जिकामा मैथिलीको प्रभाव धेरै छ । अडुवा नदीभन्दा पश्चिमको भाषा पश्चिमी बज्जिका हो, जो भोजपुरी प्रभावित छ । स·ठितरूपमा नेपालको बारा, रौतहट, सर्लाही र महोत्तरीका मानिसले बज्जिका नै बोल्छन् । भाषाको आधारमा समाज हुने गर्छ र सामाजिक प्रकृतिले भाषागत प्रकृतिको नियमन गर्ने गर्छ । यस भाषाको प्रकृति मध्यममार्गी छ । संरचनाको दृष्टिले यसमा हिन्दीमा झै अयोगात्मकताको प्रवृत्ति छ । वर्ण द्वित्वीकरणको कारण यसको प्रकृति बलाघातप्रधान छ । बज्जिका यथार्थत: एउटा विकासोन्मुख भाषा हो ।

भारोपेली भाषाहरूको स्रोत वैदिक भाषा हो, जसको समानान्तर जनभाषा पनि वनफूलझैं विकसित हुँदै गरेको थियो । गौतम बुद्ध एवं वर्धमान महावीरले देववाणीको अपेक्षा जनवाणी (पाली–प्राकृत) मा आफ्नो धर्मोपदेश दिन धेरै उचित ठाने । वास्तवमा आधुनिक आर्य भाषाहरूको उद्भवभन्दा पहिले यस भूभागमा एउटै प्राकृतमा लेखन हुने गथ्र्यो । यसलाई प्राच्या, गामिल्ल, देसी भाषा, देसिल वयना, अवहट्ट, पूर्वी अपभैंश आदि नामले जानिन्थ्यो । सातौं आठौं शताब्दीमा रचित सिद्ध साहित्यमा जनपदीय भाषाहरूको आरम्भिक रूप पाउन थालिएको छ जसमा बज्जिका पनि एक हो—

ब्राह्मणो हि न जानंत हि भेउ । एवउ पढवउ वेउ ।।
मट्ठि पाणि कुस लई पढन्त । घर ही बइसी अग्गि हुणन्त ।।
कज्जे विरहई होमें । अक्खि डहाविअ कडुए धूमे ।।
—सरहपा (दोहाकोश)

अधिकांश सिद्धकवि बज्जि भूमिका थिए । ब्रजगीतिका, धर्मगीतिका, उक्ति व्यक्ति प्रकरण, देशी नाममाला, काव्यानुशासन, प्राकेत पैगलम, ब्रजडाक तन्त्र, वर्ण रत्नाकर, कीर्तिलता, कीर्तिपताका, पारिजातहरण आदि ग्रन्थहरूमा पूर्वी अपभ्रंशका क्रमश: विकसित रूप अवशिष्ट छ । भोजपुरी र मैथिलीको बीचको अवस्थितिको कारण बज्जिका स्वत: यसमा परिणित भइहाल्छ । एक ठाउँमा रहँदा–बस्दा यहाँको जनसमुदायले एक अर्काको रीतिरिवाजप्रति सम्मान जनाउँदै तिनमा रहेका उपयोगी पक्षको अनुकरण पनि गर्दै आएका छन् । आफ्नोपनको सुरक्षा गर्दै यहाँको जनताले सँगै बस्ने अर्को जातिका सांस्कृतिक र भाषिक मूल्य तथा मान्यताको संवद्र्धनमा सहयोग गर्दै आएका पनि छन् ।

जातीय सौहार्द, भाषिक सौहार्द र सांस्कृतिक सौहार्द यहाँको विशेषता हो । नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परम्परा र पहिचान नेपालको हो । समस्त नेपालीका पुर्खाहरूले सिर्जना गरेका संरचना र जीवनका उपलब्धि तथा उच्चताको लागि अनुसरण गरेका सांस्कृतिक धरोहरको महत्ताको ज्ञान नयाँ पुस्तालाई हुनु जति आवश्यक छ, त्यति नै त्यस्ता तत्त्वको संरक्षण संवद्र्धनप्रति संवेदनशील हुनु आवश्यक छ । त्यसो नभएमा जातीय तथा राष्ट्रिय गौरवका आधारभूत तत्त्व हराउने र पहिचान लोप हुने डर रहन्छ । यस क्रममा परम्परागत जातीय विरासत तथा सांस्कृतिक सम्पदाको र्‍हास हुन सक्ने सम्भावना व्यापकरूपमा देखिएको छ । नयाँनयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज र सांस्कृतिक विशाल वटवृक्षको जरामा आवश्यक मलजल पुग्न नसक्ने खतरा बढ्दछ । समयको गतिमा हिंड्न नसक्ने जीवनको उच्चतामा बाधक बन्ने चालचलन तथा संस्कृतिका नाममा चल्दै आएका आडम्बर रूढि, अन्धविश्वास र पछौटेपनका आधारहरू त समाप्त हुनै पर्दछ तर व्यावहारिक स्वच्छता, चारित्रिक उच्चता, सामाजिक सद्भाव र जातीय गौरवका विशिष्ट पहिचान भने हराउनु हुँदैन । जगेर्ना गर्नुपर्ने, पुस्तान्तरण गर्नुपर्ने, संरक्षण तथा संवद्र्धन गर्नुपर्ने सांस्कृतिक वैभव भनेका पनि यिनै कुरा हुन् । जुन जाति, समाज र राष्ट्रले यसको पहिचान गरी संरक्षण गर्न सक्तैन त्यो दु:खी हुनै पर्नेछ । आफ्नोपनलाई नबुझेर दु:ख पाउनु भनेको पूर्णरूपले विखण्डित हुनु हो । आफ्नोपनको व्यथा बुझेकाहरू मरिमेटेर सड्ढलन र संरक्षण गर्न लाग्छन् । निस्स्वार्थ रूपले लाग्दा पाइने दु:खमा पनि आफ्नै किसिमको आनन्द हुन्छ, जुन आनन्द प्रेमीको प्रतीक्षा गर्दा प्राप्त हुन्छ ।

पुर्खाहरूले काम लाग्ने ठानेर जोगाएका सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका कुरा पनि जोगाउनुपर्दछ । परम्परादेखि चल्दै आएका सबै चालचलन, व्यवहार, क्रियाकलाप, चाडबाड, विधि प्रविधि अन्धविश्वास मात्र हुँदैन । तिनको गहिरो अध्ययन भयो भने अनेकौं लोककल्याणकारी तत्त्व तिनमा पाइन सक्तछ । ओखतीमुलो इन्जिनियरिङका विविध पक्ष, कृषि प्रविधि, वन संरक्षणका उपाय, जलाधारका स्रोतहरूको दीर्घकालिक उपयोग, सांस्कृतिक सम्पदाको ज्ञान, सामाजिक मूल्यको चिनारीसमेत थुप्रै पक्षमा आज गम्भीर वैचारिक मन्थन गर्नुपर्ने बेला आएको छ । बज्रयानी सिद्ध सरहपा, गयाधर, दीपड्ढर श्री आदिको भाषा जनभाषा थियो । ब·ला, असमिया, उडिया, मगही, मैथिली र भोजपुरीको झैं बज्जिका पनि मागधी अपभ्रंशबाट बनेको हो । बज्रयानी सिद्धहरूका समय आठौंदेखि बार्‍हौं–तेह्रौं शताब्दी मानिएको छ । क्रमश: विकसित हुँदै गएर जनभाषा हिन्दी भाषाको सहगामी बन्न पुग्यो । बज्जिका भाषामा रामसुन्दर श्रेष्ठ, सञ्जय साह ‘मित्र’, सञ्जय सुदामा, हरिकृष्ण काफ्ले, मेश सर्मनलगायत साहित्यकारले रचना गर्ने गरेका छन् । बलचनमा (नागार्जुन), मैला आँचल (रेणु) आदिमा मिथिलाको जनजीवन पाइएझैं ‘माटी की मूरतें (बेनीपुरी), अम्बपाली (राजेश्वरप्रसाद नारायण सिंह) आदिमा बज्जिकाको जनपदीय सौन्दर्य अभिव्यञ्जित छ । गोरखापत्रको नयाँ नेपालमा प्रकाशित रचनाहरूलाई केलाउँदा यो स्पष्ट हुन्छ कि बज्जिका भाषाको स्वरूप अनेकौं क्षेत्रीय शैलीमा वनफूलझैं विकसित हुँदैछ । सञ्जय साह ‘मित्र’ गोरखापत्रको नयाँ नेपालको बज्जिका पातोको माध्यमबाट यसको मानकीकरण गर्ने सत्प्रयास गर्दैछन्, अझ मेहनतको आवश्यकता छ ।

आधुनिक बज्जिका साहित्यको लेखन, नेपालमा भर्खरै प्रारम्भ हुन थालेको छ । केही थान पुस्तक मात्र प्रकाशित हुन सकेको छ । केही राम्रा प्रतिभाहरू मेरो नजरमा छन् । जसले भाषाको महत्त्व बुझेको हुँदैन, त्यस्तो व्यक्ति लेखपढमा रमाउँदैन । त्यस्ता व्यक्तिलाई भाषा बाँचोस् कि मरोस् केही वास्ता हुँदैन । त्यस्तैलाई हामी जड भन्ने गर्दछौं । आफ्नो भाषा छ, संस्कृति छ । आफ्नो भनेको आफ्नै हो किन यसप्रति चिन्तित हुने ? यस्तो सोचाइ राख्नेहरू पनि छन् । थाहा छैन, उनीहरू कसको ताबेदारी गर्दैछन् । जसलाई थाहा छ, उसले आफ्नो भाषालाई माया गर्छ, संस्कार पालन गर्छ । ऊ समयको ढुकढुकीसँगै संस्कृति टिकाउँछ । लोकको बीचबाट सम्मुनत संस्कृति बाहिर ल्याउँछ । यस्तै व्यक्तिलाई लोकनायक भनिन्छ । आज समयले बज्जिको पहिचान गराउने, संस्कार टिकाउने, भाषा उच्च बनाउन चाहेको छ । यो कार्य भनेजति सजिलो पनि छैन । संस्कार–संस्कृतिहरू आपसमा मिसिएका छन्, जेलिएका छन् । जीवन जसरी गतिशील हुँदै जाँदैछ, त्यसैगरी बज्जि संस्कृति–संस्कार पनि स्वत: पहिचान बनाउँदै छ । जीवन आरम्भ हो, सम्बन्ध हो, जसले भिन्नलाई मिलाएर अभिन्न भएको छ । नर र नारीको मायाले गुमाएको होइन, नयाँ प्राप्ति गरेको छ । समय भनेको सिर्जना गर्नको लागि हो । सिर्जना गर्न चुक्यो कि समय सकिन्छ । यसैलाई हामी आयु भन्दछौं ।

जीवनमा अवलम्बन गर्नुपर्ने परम्परागत आचारविचारका कुरा वैज्ञानिक आधार र प्रामाणिकरूपमा सिद्ध गरेर समय सापेक्ष ध्यान पुर्‍याउनु अतिकै जरुरी छ । जान्नेलाई चन्दन न जान्नेलाई खुर्पाको बिँड भनेजस्तै चन्दन र खुर्पाको बिँडबीच अन्तर खुटयाउनु पनि आज आवश्यक भएको छ । यिनै कुराप्रति विचार गर्दा इतिहासमा गौरवपूर्ण स्थान रहेको तर हराएको बज्जिलाई वर्तमानमा खोज्ने प्रयास मात्र हो यो । यो त्यो प्रयासको दस्तावेज हो । यस पवित्र कार्यमा संलग्न सबैजनालाई धन्यवाद भन्न चाहन्छु । विशेषगरी बज्जिका भाषी र गैरबज्जिका भाषी बौद्धिक जमात, जागरुक युवा, यसको महत्त्व बुझ्ने जनसमुदाय तथा अनुभवी लेखकहरूप्रति आभार व्यक्त गर्नु जरुरी छ । यो लेखन थालनी मात्र हो । बज्जिको जीवनसित सम्बद्ध संस्कृति, भाषा, कला, विश्वास, चालचलन, साहित्य, रहनसहन, खानपान, साजसज्जा, चित्रकला, बाजागाजा, चाडबाडजस्ता विविध कुराको खोजी गरी अगाडि ल्याउने काम बाँकी नै छ । बज्जिका साहित्यको ऐतिहासिकता रेखाड्ढित गर्ने काम सबभन्दा पहिले डा.अजितनारायण सिंह तोमर (बज्जिका भाषा और साहित्य, १९६४) ले गरे । डा. सियाराम तिवारीले भक्तकवि हलधर दासको काव्यकृति ‘सुदामा चरित्र’ को सम्पादितरूप प्रकाशित (१९६६ ई.मा) गरेर यस प्राचीन साहित्यको उद्धार प्रारम्भ गरे । बज्जिकाको भक्ति साहित्यको सर्वेक्षणको क्रममा सन्त बुनियनद दास एवं उनका निर्गुण भक्तिमूलक काव्य ‘राम जग उत्पत्ति’, योगेश्वरानन्द, कर्ताराम, धवलराम, शिवनारायण, जीवनराम रघुनाथ, अक्षय कुमार, नन्दुराम, मुरलीधर तिवारी, जीवनराम, टेकमनराम, रामरूप दास, भैरव राय, महेश राउत, रामलखन पण्डित आदिको भाषा–साहित्यको जानकारी पाइएको छ । नेपालमा बज्जिका–साहित्यको इतिहास लेखनको कार्य प्रारम्भ मात्र भएको छ । प्रारम्भ भएको जानकारी गराउने काम मात्र यसले गरेको छ ।

– गौर—८/रौतहट, हाल काठमाडौं—३४

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.