कविता : आफै जस्तो लाग्ने मान्छेको प्रवृत्ति

~अकेला यात्री~akela-yatri

के सम्झेर चित्त बुझाउनु
एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ?
कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ?
सम्झेर चित्त बुझ्दैन आफैँसँग
अनायास ढाँटेर गएपछि
आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले ।

आफैँभन्दा बढी विश्वास गरेर
जीवनका यात्राका घुम्तीहरूमा पर्खिएर बसेँ
जोसँग बाँचेको थिएँ आधा समय
जोसँग खेलेको थिएँ आधा समय ।

आज आफ्नै आङमाथि टेक्तै गयो आफ्नै छायाले
जोसँग बाँचेको थिएँ आधा समय
जोसँग खेलेको थिएँ आधा समय
र आएर घाँटी निमठ्यो
आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले ।

अनुहारमा पट्टी बाँधेर
कहाँ पुगेर निस्कने हो बाटो ढुक्न ?
कहाँ निस्कने हो सङ्गीन भिरेर लखेट्न ?
आफ्नै अस्तित्व मेटाउन
कुन विज्ञान फेला पार्यो यो समय ?
आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले ।

अकेला यात्री
मंगलटार–२, खोटाङ
akelayatri37@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.