~मनोहर काफ्ले~
दुइ चार रुपिया त के हो र,
हजार पनि झर्छ ,
पाए माग्ने नपाए ठग्ने ,
चोर-चार गर्नु पर्छ
जब आटछ मनले .
भट्टी जानु सट्टा,
आफै किनी ल्याइन्छ ,
पानी थप्नुको साटो
नेट नै चढाइनछ,
जब आटछ मनले .
एक दुइ प्याग त के लगाउनु र
सितन थप्दै गइन्छ
जब मात्तै गइन्छ
पुरै बोतल सिध्याइन्छ
जब आटछ मनले .
त्यत्ति मात्र ले काहा हुनु र
अरु बोतल मगाइंन्छ
नपिउनु पिई सके पछी
ढल्ने गरि लगाइन्छ
जब आटछ मनले .
नेपालीमा त हैन अब
अंग्रेजी मा नै बोलिन्छ
सुके हड्डी नै किन नदेखियोस
सर्ट गन्जी सबै खोलिन्छ
जब आटछ मनले .
स्वर नै किन हुनु पर्यो र
दोहोरि भाका नै गाइन्छ
खुट्टा बन्ग्याउदै उठेर
साथीलाई नि नाचाइंन्छ
जब आटछ मनले
आखा चिम्ली बेबे भनदै
सुर बेसुरमै भट्याइन्छ
अझै धेरै पिउदै जाँदा
मुन्नी बद्नाम पनि गाइन्छ
जब आटछ मनले
सुन साइलिको भाका ले
नाच्दै कम्मर मर्काइन्छ
झंग्कार बिट साथमा
पुरै टोल थर्काइन्छ
जब आटछ मनले
देश प्रेम उर्लिएर
संस्कृतिको रक्षा गर्न
कम्मरमा खुकुरी बोकी
दौरा सुरुवाल लर्काइन्छ
जब आटछ मनले
समाप्त
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )