~रवि प्राञ्जल~
घाँटी अँठ्याउने हात पनि छ ।
मुटु जलाउने बात पनि छ ।
बताससँग गरेर सन्धि
भर्खर झरेको पात पनि छ ।
ढोका उघारी क्षितिजपारि
घाम पर्खेको रात पनि छ ।
बन्द ढोकाका संघारहरुमा
उदास रुन्चे प्रभात पनि छ ।
सौगात मात्र हैन मायाको
विश्वास गर्दा घात पनि छ ।
‘तारिदेऊ न माझी दाइ'(२०४८)बाट
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)