कथा : सिंहराज र गजराज

~इस्माली~Ismali

डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अलि परतिर रहेका बाघ, चितुवा र ब्वाँसाहरू पनि निन्याउरो मुख मुद्रामा गजराजतिर हेरिरहेका थिए । चौरको पल्लोछेउमा गैँडा, अर्ना, भालु र बनेलहरूको जमात थियो । त्यसपछिको लस्करमा थिए मृग, बाह्रसिङ्गा, गाई, घोडाहरू अनि थिए खरायो, दुम्सी, बाँदर, ढेडु, कुकुर, फ्याउरो र न्याउरीमुसाहरू तर कुरौटे स्याल र चञ्चले बाँदरहरू स्थिर थिएनन् । बल्लतल्ल वनमा छाएजस्तो भएको शान्ति फेरि खलबलिएजस्तो भएकोले सोको निदानका लागि छलफल गर्न ती सभामा जुटेका थिए । जन्तुजगत्का बहुसङ्ख्यक प्राणीहरू आक्रोशमा थिए । तिनीहरूको आक्रोश अहिले गजराजउपर थियो । वन्यप्राणीहरूका बीचमा भएको सहमतिलाई गजराजले सुँडझैं घुमाउरो बनाउन थालेको कुरोको भेउ तिनीहरूले पाएका रहेछन् ।

“गजराजजी, सिंहप्रभृत्तिलाई शासनमा कुनै पनि किसिमको साझेदारी नदिने भनी हाम्राबीच भएको सहमतिलाई किन लोप्पा ख्वाउन खोजेको होला -” बूढो खरायोले जिज्ञासा जाहेर गर्‍यो । बूढो गजराज बोलेन, बरु हावामा सुँड नचाउँदै कर्के आँखाले खरायोतिर हेर्‍यो । यिनका कुराकानी सुनेर एकदर्ुइ एकदर्ुइ गर्दै अरू प्राणीहरू पनि र्सर्दै आए ।

“सिंह र यिनका भारदारहरूलाई शासनमा सहभागिता होइन, सुशासन नचलाएकामा सजाय दिनर्ुपर्छ । यिनको शासनकालमा यस वनका थुप्रै प्रजाति लोप हुने अवस्थामा पुगिसकेका छन् । अरू त अरू, सिंह र बाघहरू आफैँ पनि लोपोन्मुख छन् । हामी गैँडाको अवस्था अत्यन्तै दयनीय छ । अहोरात्र आतङ्कति र असुरक्षित छौं हामी । त्यसैले यिनलाई अब सिंहासनमा होइन, खोरमा राख्नर्ुपर्दछ ।” आक्रोशित गैँडाले भन्यो ।

“यिनको नस्लसुधार र वंशविस्तार हेतु वैज्ञानिक अध्ययन गराउनु पनि उचितै होला ।” चुरे शृङ्खलाबाट आएको ढेडुले भन्यो ।

“यिनलाई मदारीका जिम्मा लाउँदा पनि राम्रै हुन्छ । यसो सरकसहरूतिर पनि यिनको खाँचो हुनसक्छ ।” रातो बाँदरले थप्यो । भालु सहमतिमा मुन्टो हल्लायो ।

“प्रजाति लोपको कुरो मात्र हैन, यिनले गर्दा गरिबी बढ्यो, दर्रि्रता बढ्यो, हिंसा बढ्यो, असुरक्षा बढ्यो । सन्धिर्सपन मासिँदै गयो । त्यसैले यिनलाई अब तामसी जीवनबाट सात्विकमा रूपान्तर गरी हामीसरहको आम जिन्दगी जिउन लगाउनर्ुपर्छ ।” मृगले भन्यो ।

“अलङ्कारी अर्थात् सेरेमोनियल भनेको ठ्याक्कै त्यस्तै हो । अब यिनीहरू खोरमै बसेसरह हुन्छ । खटाएर दिएको खाने, तोकिदिएको ठाउँमा बस्ने । नामका मात्र शासक तर शासनसत्तामा तिलको गेडो जत्ति पनि यिनको ठाउँ रहँदैन ।” प्रसन्नचित्त हुँदै गजराजले भन्यो ।

“त्यसो हो भने त खासै डर मान्नुपर्ने त रैनछ ।” घोडाहरूले सन्तोष मानेझैँ गरेर जीउ थर्काउँदै याल हल्लाए ।

“हैन हैन, त्यसो होइन ।” बूढो खरायो बर्ुकुसी मार्दै बसिरहेको घोडाको पिठ्यूँमा उक्ल्यो र चिन्तित मुद्रामा भन्न थाल्यो, “यी गजराजले सिंहको षड्यन्त्र नबुझ्या हुन् कि बुझ पचाएका हुन्, न तीसँग यिनले घाँटी पो जोड्या हुन्, बुझिनसक्नु छ ।”

“तिमीहरू वृथा शङ्का नगर । वन्यजगत्का प्राणीहरूको इच्छाभन्दा बेगल हाम्रो इच्छा होवोइन तर थिति मिलाएर सिलसिला मिलाएर कामकुरो गर्नुपर्छ । तातै खाउFm जल्दी मरुँ गर्नुहुन्न ।” सौराहाको अनारकली गम्भीर देखियो ।

“केको सिलसिला मिलाउँछौ – त्यहीँ निकुञ्जमा हेर त गैंडादाइहरू मारियामारियै छन् । त्रि्रै दियादहरूलाई खेदेर अस्ति नै सीमा कटाएका हैनन् – यस्तो राष्ट्रघात भइरहँदा पनि … ।” चारकोसे झाडीको वीर बनेल पनि रन्कियो ।

“यो त यतिसम्म अधम भयो कि राष्ट्रिय सम्पदासमेतको मर्यादा गरेन । मेरा शाखासन्तान त देख्नै पो नहुने भो यसले ।” राष्ट्रिय जनावर गाईले गुनासो गर्‍यो । स्याल र फ्याउराहरू सुलसुलेझैं घरि यता कान थाप्थे, सहमतिमा मुन्टो हल्लाउँथे त घरि सिंह र बाघका बथानतिर साउती गर्न पुगेका हुन्थे । कुकुरहरू तिनका गोठाला बनेका देखिन्थे ।

“तिमीहरूको कुरो बेमनासिब हुँदै होइन । यिनले हामीलाई निकै सास्ती दिइसके । अब त सुध्रलान् कि भन्यौँ, मौका दियौं, घरिघरि मौका दियौँ तर यी सुध्रेनन् । औंलो दिँदा झन् डुँडुल्नो पो निल्न खोजे । त्यसैले हामी अब यिनलाई कुनै पनि छूट दिने पक्षमा छैनौं ।” भन्दै बोल्दाबोल्दै अचानक रहस्यमय पाराले स्वर फेरे र साउतीको स्वरमा गजराज भन्नथाल्यो, “हाम्रो बाध्यता पनि छ तर यो कुरो तिनका कानमा पर्नुहुन्न, हाम्राबीचमा मात्र रहोस् है.. ।”

उसले चनाखा नजरले यताउति हेर्‍यो र आफ्ना वरिपरिका सबलाई सिंहहरूभन्दा अलिपर एकान्तजस्तो ठाउँमा पुर्‍याएर फेरि साउतीकै स्वरमा भन्न थाल्यो, “यिनले गर्दा हामी पीडित त छौं नै तर सुरक्षित पनि छौं । यिनका कारणले सिकारीहरूबाट हामी सुरक्षित छौं । हाम्रा वरिपरि घाघडान घाघडान शिकारीहरू छन्- काला र गोरा, थेप्चे र चुच्चे तर यिनकै उपस्थितिको कारण ती हम्मेसी यस वनमा छिरिहाल्दैनन् । यी भएनन् भने त । तिनले यो वनै निमिट्यान्न पारिहाल्छन् नि, हामी त निमिट्यान्न हुन्छौं हुन्छौँ । त्यसैले तिनीहरूलाई देखाउनैका लागि भए पनि यिनलाई थान्को मिलाएर राखिरहनुपर्ने पो हुन्छ कि भन्ने मलाई लागेको हो ।”

“षड्यन्त्र । भयङ्कर षड्यन्त्र !!” बूढो खरायो कुल्र्यो, “यिनलाई हामीले उहिल्यै पनि त्यसैगरी थान्कामा राख्यौँ । खटाइखर्टाई पालैपालो हामी यिनको आहारा बन्यौं र पनि हामीलाई यिनले कम्ता सास्ती दिया हैनन् । त्यसैले मैले जुक्ति खियाएर यसको बाजेलाई इनारमा खसालिदिएको हुँ र पनि यिनीहरूले चेतेका होइनन् । यिनलाई के ठान्या – कम्ता मापाका छन् यी ।”

“हो, हो । यस्ता बैगुनी त कोही हुँदैनन् ।” भन्दै वनप्राणीहरूका कुरो सुनिरहेको मुसो मन थाम्न नसकी दुलोबाट फुत्त बाहिर निस्क्यो र दुःख मनाऊ गर्दै भन्नथाल्यो”, यो बेइमानी सिंहको बैगुन त बयान गरी साद्धे छैन । उहिले कोही सिकारीले यसलाई जालमा पारेछ । जाल थापेर शिकारी कता गयो कता – निकै दिनसम्म जालमा थुनिएपछि दुब्लाएर यो त टट्टु भएछ । हामीलाई देख्नासाथ रोइ-कर्राई बिन्तीभाउ गर्न लाग्यो, ‘मलाई छुटाइदेऊ’ भनेर । हामीलाई नि यसउपर दया जाग्यो र हामीले यो थुनिएको जाल काटिदियौँ । जालबाट निस्केर त धन्यवाद दिनु कता हो कता, क्वाप्प क्वाप्प गर्दै उल्टो हामीलाई नै पो खान थाल्यो । म त डरले कुलेलाम ठोकेँ र त्यहाँदेखि दुलाको दुलै छु । अहिले तिमीहरूको खैलाबैला सुनेर मात्र निस्क्याँ हुँ ।”

“बैगुनी मात्रै हैन, दुष्टै हो । आफ्नै शाखा सन्तान पनि बाँकी नराख्ने जात पो त ।” फ्याउरोले कुरो थप्यो ।

“कम्ताको निहुँ खोजुवा छ । आफैँले खोलो धमिल्याउँछ अनि किन धमिल्याइस् भनेर हाम्रा पाठापाठीलाई घिसार्दै लगेर दार्छ ।” बाख्रा भेडाहरूले रुन्चे स्वरमा गुनासो गरे । गजराजले फेरि यताउति पल्याकपुलुक हेर्‍यो । नाङ्लाजत्रा कान पट्याँसपट्याँस पार्‍यो अनि गम्भीर हुँदै भन्यो, “भाइहरूको कुरोमा मेरो विमति छैन तर प्रक्रिया पुर्‍याएर गर्नुपर्छ । के भन्छन् नि उखान एउटा .. अँ … र्सप पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् ।” गजराजको कुरो सुनेर तिनीहरू खिस्रिक्क परे, कसैले सहमति जनाएनन् ।

“त्यस्तो चालाले त काँ हुन्छ र -” जरायो जङ्गयिो, “बरु हामी एक मतले तिमीलाई नै शासकमा मञ्जुरी दिन्छौं । मलाई पनि उछिट्याउँछन् कि भनी तिमी डराएका हौला, डराउनु पर्दैन ।”

“यिनीहरूलाई त्यसरी गरिहाल्न अप्ठ्यारो छ । यो वनमा यिनलाई पनि त ठाउँ दिनुपर्‍यो नि ।” गजराजले लाचारी देखायो । त्यसैबेला व्योम चराचुरुङ्गीको चिरबिरले गुञ्जायमान भयो । मधेशतिरका सुगा र मैनाहरू बथान बाँधेर आइपुगेका रहेछन् । कोहीकोही त समुद्रपारिबाटै पनि आएका । कोही मैनाहरू गजराजका पिठ्यूँमा बसे । केही सुगाहरूले चाहिँ गैंडा र घोडाका पिठ्यूँमा आसन जमाए । कोहीकोही यताउति छरिए ।

“तिमीहरू किन नि यहाँ – केको षड्यन्त्र हो फेरि -” जरायोको रिस अझ सेलाएको थिएन ।

“हैन साथी हो, हामीलाई अन्यथा नठान । तिमीहरूको विचार नै हाम्रो पनि विचार हो ।” भन्दै मीठो स्वर बोल्ने मैनाले पट्टुतिर हेर्‍यो ।

“हो नि ।” सुगाले सही थाप्दै र्समर्थनमा मुन्टो पनि हल्लायो । “गजराज, गणतन्त्र भने ।” बूढो पट्टुले आदेश दियो । मैना र सुगाको कुराले गजराज अलि प्रसन्न देखियो । चिरबिर चिरबिर गर्दै मैना र सुगाले आपसमा के सल्लाह गरे कुन्नि, दुवैले पालैफेरो गजराजको कानमा साउती गरे । त्यो देखेर बूढो खरायो बर्ुर्लुक्क उप्रिmँदै करायो, “कान फुक्न पाइँदैन, सुगामैना चाइँदैन ।” खरायोसँगै लागेर दुम्सी, न्याउरी मुसाहरू पनि कराए ।

गाई, घोडा, अर्ना, मृग, जरायो र बाँदरहरू पनि खरायोसँगै लागेर विरोधमा उत्रे । स्थितिको अप्रियता बोध भएर होला, सुगा र मैना आ-आफ्ना बथानसहित नजिकको अम्बाको बोटमा बस्न पुगे । विरोधको स्वर वरिपरिका डाँडाहरूमा ठोक्किएर प्रतिध्वनित हुँदै व्योम गुञ्जायमान भयो । टारीफाँटमा ठाउँठाउँमा बसेका र विमर्श गरिरहेका जन्तुहरू पनि कान ठाडा पार्दै जर्‍याकजुरुक उठे । आवाजको कम्पनले होला, पातपङ्गरिहरू र्सर्रर हल्लिनथाले । एकछिनसम्म कम्पन भइरहृयो । गैँडा, बनेल र हात्तीहरू असमञ्जसमा परेझैं देखिए । गजराज अप्ठ्यारो मान्दै उभिइरहेथ्यो । झापाको बाहुनडाँगीबाट आएको मत्ता हात्ती रिसाउँदै गज्र्यो । प्रतिउत्तरमा अन्य पशुहरू शान्त भए । सिंह, बाघ र ब्वाँसाहरू मुसुमुसु हाँसे । स्याल र फ्याउराहरू रमाए, हुँडार पनि हाँस्यो ।

“तिमीहरू अनाहकमा अरूलाई शङ्का गर्र्छौ र नानाथरी बात लाउँछौ । सुगामैनाले नचाहिने कुरो केही भन्या छैनन्, हाम्रै हितको कुरो गर्‍या हुन् ।” गजराजले जङ्गदिै भन्यो, “कुरो जति गरे पनि टुङ्गदिैन, बरु अब समस्याको समाधानका लागि हामी सबैले आ-आफ्नो जाति समूहबाट एकएक प्रतिनिधि पठाउFm । त्यही प्रतिनिधिमण्डलले हाम्रो र्सार्वभौमिकता र शासन प्रणालीको ठेगान लाउँछ ।”

यस प्रस्तावमा सबैले सहमति जनाए । वर्षबित्यो, शरद सिद्धियो, हिउँद पनि हट्यो तर गजराजले सभा बोलाएन । कहिले बिरामी छु भन्थ्यो त कहिले सौराहामा पोलो प्रतियोगिता छ त्यसपछि सभा बसुँला भन्थ्यो । यसरी वसन्त पनि बितायो । सबले आश मारे । तर एक मध्यरातमा अचानक आकाशवाणी भयो । सिंह सेरेमोनियल भयो । सिंहले सन्तोष मान्यो । सुगा र मैनाले पनि राम्रो माने । गैँडा र बनेलले पनि जसोतसो चित्त बुझाए । खरायो भुटभुटियो । रातभरि न्रि्रा लागेन उसलाई । बिहान सखारै गजराजकोमा पुग्यो र विश्वासमा पारेर धोका दिएकोमा आपत्ति जनायो । “हेर न, सबैको सल्लाह त्यस्तै भो । तिमीलाई धुइँपताल खोजेँ । कसको गाजर चर्न गा थियौ रे ।”

गजराजले गह्रौँ स्वरमा भन्यो,” तर डराउनुपर्ने कुरो केही छैन । अब पहिलेको जस्तो गर्दैन होला । यताउति गर्‍यो भने त अब बाँकी राखिँदैन नि ।”

खरायोको चित्त बुझेन । गजराजको चालामाला ठीक छैन भन्ने उसलाई पहिल्यैदेखि लागेको हो, अब प्रमाणितै भयो । गजराजमा शासक हुने लालसा त तीव्र थियो तर ऊ सिंहप्रभृत्तिका आडमा शासन गर्न चाहन्थ्यो । यसो गर्दा आफूले मनमाफिक गर्न पाइन्थ्यो अनि ब्रि्रयाभत्क्या दोष जति उसका थाप्लामा थोपर्न पाइन्थ्यो भने जस जति आफूलाई । दुवैलाई एकअर्काको भरथेग पनि हुने ।

“गजराजलाई नि आफ्नो विराटकायाको र बलको गुमान छ । त्यसैले हामीलाई नटेर्‍या हो । सुँड र कानमा राता कमिला छिराइदिनु अनि चाल पाउँछ आफ्नो शक्ति ।” भुटभुटिँदै खरायो अरूहरूलाई गुहार्न दौड्यो । देख्दादेख्दै वनमा फेरि खैलाबैला मच्चियो । हात्ती अलमलमा पर्‍यो । सिंह, बाघ, चितुवा र ब्वाँसाहरू चनाखा बने ।

“सिंहराज, यसमा पक्कै पनि गजराजको षड्यन्त्र हुनर्ुपर्छ । यो गजराज यता हजुरसँग पनि ठीक्क हुन्छ उता उनीहरूसँग पनि ।” जम्बुमन्त्री स्यालले साउतीको स्वरमा भन्यो, “साँच्चै भनिबक्सिन्छ भने हजुर, सुगामैनाले पनि दहिच्युरे काम गर्‍या छन् । यिनीहरूको सेरेमोनियलै षड्यन्त्रपर्ूण्ा छ । फेरि हजुरजस्तो शक्तिशाली राजा पनि यस्तो सेरेमोनियल बस्ने हो – र्सकसको सिंह हो र हजुर -“

“त्यै त ।” जुँगा चलाउँदै सिंहले अठोट गर्‍यो, “अब यिनलाई देखाउँछु मेरो शक्ति ।” सिंहले आफ्ना भारदारहरूको सङ्कटकालीन सभा बोलायो, अन्तरङ्ग विचारविमर्श गर्‍यो र एकदिन आदिम शैलीमा धावा बोल्यो-आक्रमण ! अलङ्कारी सिंहहरूको आक्रमणबाट वन फेरि आतङ्कति भयो, पशुहरू चकित भए । “धोका भो !” गैंडा गज्र्यो “साथीहरू, हामी एकजुट भएर प्रतिकारमा उत्रौं ।” आहृवान गर्‍यो अर्नाले ।

प्रतिरोधमा जुटुञ्जेल पशुजगत्मा ठूलो क्षति भइसकेको थियो । गजराजका आधा दर्जन प्रिय छावाहरू सोयाम्म भएका थिए । भीडन्तमा कतिपय गैंडा, अर्ना र बनेलहरू पनि बितेथे । धेरै मृग, जरायो, गाई, घोडाहरू पनि सोत्तर भए । सिंहहरूको पनि राम्रै क्षति भयो । सिंहराज घाइते भयो, गजराजलाई छातीमा नराम्रो चोट लाग्यो । खरायो छट्पटियो । आक्रोशित हुँदै गजराजकहाँ पुग्यो ऊ । शोकसन्तप्त गजराज झोक्राएर बसेको थियो ।

“हेर गजराज, तिमीले गर्दा आज हामीले यत्रो ठूलो क्ष्ति बेहोर्नुपर्‍यो । हुन त त्रि्रा हितैषी मैना सुगाले दुःख मनाउ गरे, शान्ति सुव्यवस्था बनाउने आग्रह गरे तर हाम्रो क्षति सम्झ त .. । इतिहासमै सबभन्दा ठूलो क्षति हो यो । यस्तै हो भने इतिहासमा तिमी नायक हैन खलनायकका रूपमा कलङ्कति हुनेछौ, अनि त्रि्रो यो विराट काया, ठूलो टाउकोको के महिमा रहला र -” बूढो खरायोले लामो सुस्केरा काढ्यो ।

“मलाई त लाग्छ मैनासुगाहरू हितैषी बन्याजस्तो गरेर तिमीलाई खत्तम पार्न लागिपरेका छन् ।” कोइलीले गजराजप्रति सहानुभूति प्रकट गर्दै भन्यो । “ख्वामित् गजराज, इतिहासमा नायक बन्ने मौका बारम्बार आउँदैन । उहिल्यै बुबाहजुरले त्यस्तो मौका बक्सनुभएथ्यो, अहिले सम्पूर्ण वन रमाईलो छ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.