~रुमन न्यौपाने ‘अमन्त’~
बिस्फारित छाति भित्र
अघोषीत चाहानाहरु लुकाएको थिए ।
एउटा प्रेमीको आडमा,
आत्मबल भरिएको
चिश्चल मुटु फुकाएको थिँए ।
सपनाहरु फिँजाएर,
भबिष्यको गोरेटो निर्माणमा
तिमीबाट,
मातृबात्सल्य खोजेको थिँए ।
म त रहरहरु फुकाउँदै हिड्थे
छाँया,
आशा
र चेतनाहरु
संग बैंसालु थोपा चुहाउँदै ।
म त प्रेमको र्सजक
तिमीबाट प्रेम खोजेको थिँए ।
आफ्नै शैलि बनाउँदै,
एउटा दिक्षीत नियममा बाँधिएर
निश्चल आँखाहरुमा,
मुटुको प्रतिमामा,
प्रेमिल स्पर्शमा ।
आफ्नो ह्ृदयमा खोज्दै हुन्छु ।
भाबनाहरु पग्लिएर,
परेलिबाट तप्कीन देउ ।
आँशु पोखिएर रित्तो हुँदैन ।
प्रेमको लाञ्छना म माथि लगाउ ।
मलाई अझै संझना छ,
तिम्रो सजल नयनहरु
मेरो लागि दौलो चाहार्थे ।
तिम्रो ह्ृदयको संरचनामा
मोहीत हुने कारणहरु खोज्दै
म लुटपुटिनन्थेँ ।
मायाको मुधन्र्य कलामा
तिम्रो संझनाको बाडुलि ।
छताछुल्ल भएको छ ।
आज,
त्रासद दिनहरु तिमी बिना
चुकको अन्धकारमा छोपिदैँछ ।
माया र्फफराउने ओठहरुमा
शब्दको लगाम झुन्डाएर
आफुलाई तर्साउँदै
माया कबोल्न लाउँदैछु ।
म त प्रेमी ।
म त हाँसो ।
अपबाद, तिमीलाई छोडेर
एक्लै राजमार्ग नाप्दै छु ।
आकाक्षांहरु लाई तप्कीन देउ
रहरलाई पाँज्न देउ ।
भरे,
कुनै घुम्तीमा भेटिए
मलाई प्रेमि भन्न देउ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)