कविता : कर्णाली

~शिलु अज्ञात~

कर्णाली को पानी माँ आशु बग्छ ,
कुना कन्दरा हरु पीडा बोल्छन,
आकाश डम्म सधै कर्नालीको,
बस्तिहरू सदा जागै बस्छन |१|

अमूर्त सौंदर्य छाती भित्र,
तैपनी अनुहार धमिलो ,
देश तिम्रो हृणी छ कर्णाली ,
तिर्नु छ पक्षपात को तिरो ,
मौसम बदलीयेन जहा ,
हृतु राग गूंजेंन,
नीस्तुरीहरु आशु पुछ्दैनन यहाँ,
तिम्रो आशु सुकेंन,
मेरो यो कबिता तिमीलाई कर्णाली ,
पबित्र भाबना तिमीलाई ,

आशुको संदेश पठाउदै गरे ,
सुस्केरा हरु छर्दै गरे,
कर्णाली घाऊ ले पोल्दैछ सबलाई ,
देश तेतै तीर आउदैछ,
नेपाली हरु तेतै तीर झर्दैछंन !!
धैर्य गरे ,
पर्खी बसे !

November 10, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.