बहरबद्ध गजल : चाँदनी रात झल्मलाएछ

~हुसैन खाँ~hussain-khan

चाँदनी रात झल्मलाएछ
जिन्दगी सङ्ग मुस्कुराएछ

आँगनीमा मिठो हवा चल्दा
मख्मली फूल मग्मगाएछ

कोइली मस्तछिन् कु- कू गर्दै
फेरि फर्की बहार आएछ

झर्छ झर्ना नदी र खोलामा
शोडषी गीत गुन्गुनाएछ

फक्रिएको गुलाफ देखेर
भृङ्गको होठ चल्मलाएछ

एक तस्वीर नेत्रमा घुम्दा
लेखनी हातमा निदाएछ ।

(212+212+1222) मा आधारित

हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.