~देव वज्राचार्य~
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन
नझार आँसु यहाँ आँसुको मोल कहाँ छ र ?
कसैलाई नपोख वह सुनिदिने को छ र ?
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन
रोइ रोइ जिउनुभन्दा हाँसीहाँसी बाँच्न सिक
जब रीतै यस्तो यहाँ घामपानी खप्न सिक
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन
गीतकार: देव वज्राचार्य
स्वर संगीत:भजन शिरोमणि भक्तराज आचार्य