~प्रणिका कोयु~
आजको यो वर्षामा
पानी वर्षेन थोपा-थोपामा
न त बन्यो भेल
बिजुली चम्के जस्तो
आकाश गर्जे जस्तो
अनि यस्तोमा,
सडकमा म उभिएर ठिङग रमिता बनें
छाता दिने आउँदा वर्षादी छ भनें
र निकालेर छेउमा उभिएकीलाई दिंए
छुट्पुट गुडेका गाडी र घरको झ्यालबाट हेर्नेलाई
सडकमा म उभिएर ठिङ्ग रमिता बनें
उनिहरुलाई के पत्ता
त्यो पानीमा मेरा जलिरहेका प्रश्न निभ्दै थिए
त्यो पानीमा एक अभिशप्त मन रुझ्दै थियो
त्यो पानीमा म बगाउँदै थिए एक महिने श्रम
साँच्चै आजको यो वर्षामा
पानी बगेन थोपा-थोपामा!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)