~प्रकाश सुनुवार ‘निराकार’~
भीरमा एउटा फुल फुलेको छ
रंगीन छ
भीर पनि रंगिन भएको छ
सर्वत्र रंगीन तुल्याएको छ
रंगिन फुललाई
कोहि सजाउनका लागि जुटेका छन्
कोहि टिप्नको लागि जुटेका छन्
कोहि उखेलेर प्mयाँक्न भएभरका बल प्रयोग गरिरहेका छन्
कोही तिनै फुलहरुका रक्षामा लागेका छन्
कोही मजाक मजाकमा फुलहरु मेरिसकेको व्यंग्य गर्छन्
कोही अखबारका प्रतिनिधि भएर क्यामेरामा कैद गर्छन्
यहाँ फुलको नाममा मनपरी छ
खेल्न सक्नेहरुले खुब खेलेका छन् ।
फुलको शिरमा सगरमाथा उठेको छ
कुनै समय महाभुकम्पको असर हो यो सगरमाथा
भुकम्प अहिले पनि आउँछ÷ जान्छ
फुलको शिर निहुरिन्छ÷ झोक्रिन्छ ।
फुलले मधेशको दशगजामा टेकेर उभेको छ
घरिघरि खुट्टाहरु यताउता हिंडिरहन्छन्
रातमा सवै निदाएको मौका छोपेर हिंड्छन्
दिनमा सुतेको हुन्छ
जमिनहरु आश्चार्यमा पारिरहेका हुन्छन् ।
फुलको दुई हात मेची र महाकाली भएर बगेको छ
त्यसका मसिना औंलाहरु पनि छन्
जो दक्षिणतिर बगिरहेका छन्
उतैका लागि बगिदिन्छन्
उज्यालो भएर उतैको लागि बालिदिने गर्छन्
उतैको खेतहरुमा पस्छन्
तर यताको कहानी अलग छ
आफुलाई चाहेको बेला वेस्मारी उर्लेर आउंछन्
विनाशकारी भएर बौलाउँछन्
सारा किसानका बस्तीहरु डुवाई दिन्छन्
धितमरुन्जेल मन भिजाएर जान्छन्÷ आउँछन् ।
कर्णाली र ओलाङचुङगोला
यो फुलको काँध भएर उठेको छ
हरेक विहान घामको उदयसंगै उज्यालो भई चम्कन्छ
दिउंसोभरि असंख्य पहाडहरुको वोझ बोकेर
साँझमा संधै थाकेको हुन्छ
त्यो भिमकाय पहाड
अशिक्षाको छ
भोकको छ
रोग र शोकको छ
र त्रास÷भयले भरिएको छ ।
पहाडको भारी कहाँ÷कहिले विसाउने हो
अत्तोपत्तो छैन ।
फुलले अहिले आफु वाँच्नको लागि
नयाँ रक्तसंचार सशख्त पारेको छ
नयाँ श्वासप्रश्वास स्थापित गर्नको लागि
एउटा नयाँ प्रणाली ल्याएको छ
तर
त्यसलाई सास निभाउनको लागि
रोकावट ल्याउनको लागि
भित्र र वाहिरवाट बल प्रयोग भएको छ
भित्रकाहरुले वाहिरकाहरुलाई गुहारेका छन्
वाहिरकाहरुले भित्रकाहरुलाई उक्साएका छन्
वाहिरकाहरुले भने जस्तो गरि
सास फेरिदिनुपर्ने
परिचालन भइदिनपर्ने
र, त्यसो भएन भने
फुलले गाली÷हप्की खानुपर्ने
फुलको छातीमा गोली पनि चल्नुपर्ने
फुललाई वास्तवमा वाहिरकाहरुले कुँजो पारिरहेका छन्
लगातार प्रहार गरिरहेका छन्
फुलले वास्तवमा सहन सकेकै हो ।
फुलले मौलिकता नखोजेको होइन
मौलिक रंगमा वाँच्ने सपना नपालेको पनि होइन
रंगिन सपनाहरु चिच्चाइरहेका छन्
रंगीन फुलभित्रका रंगीन सपनाहरु मास्न
संगीन अपराध लगातार गर्दैछन्
अनि भुकम्प आउँदैछ÷ र जाँदै पनि छ ।
(१ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)