कविता : रङ्ग्शाला:भकुन्डो र खेलाडीहरु

~रुमानी राई~rumani-rai

देशको,
गणतान्त्रीक रङ्गशालाभरि
खेलाडीहरु
खेल मैदानमा जमेका छन्
एतिहासिक विजयको सपना बोकेर!
तन्,मन र बुद्दिले
आज निकै आक्रामक देखिन्छन्
पक्ष विपक्षमा गोलपोष्ट ताकेर
खेलाडीहरु
बल,बुद्दि,विवेक र करको प्रयोगद्वारा
सकेसम्म कोशीस गरिरहेछन्
हिर्काईरहेछन् भकुन्डोलाई!
बिच-रा भकुन्डो
कहिले यता कहिले उता
खुट्टै खुट्टा भएर
बज्रीरहेछ यता र उता!
यस्तो लाग्छ,
म सानो छँदा
मोजाको भुकुन्डो
केटाकेटी खेल जस्तै!
निर्णायक गोल हुने हो कि नहुने हो
दुविधामा छन्,
खेलाडीहरु
दर्शकह्-रु
शुभचिन्तकह्-रु
देशको गणतान्त्रीक रङ्गशालाभरि!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.