कथा : बाजे  र डोको

~मनोहर काफ्ले~

सानो हुदा देखि नै बाजेले हजुरआमा बाट  बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु  सुनेका थिए। बाजेको  हजुर आमा  ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा  हालेर टाडा कतै फ्याक्न  लगेको देखेर नाति पनि पछी पछि आयो र हजुर बुबालाई कतै फालिदिए पछी डोको पनि त्यही फाल्न लाग्दा छोरोले आफ्नो बाउ लाई डोको नफाल्न आग्रह गरेछन अरे ।  बाउले किन चाहियो तलाई डोको भनेर प्रश्न गर्दा छोराको उत्तर थियो , ‘’ पछी तपाइँ बुढो भए पछी तपाईलाई पनि फाल्न मलाइ चाहिन्छ’।’ हजुर आमाको मुख बाट यस्टो कथाहरु सुन्दा बाजेलाई अनौठो लागेको थियो ।

भट्टराइ बाजे सात दशक पार गरि सकेका कर्मठ, जगरिला, साथै मिजासिला  ब्यक्तित्वका  धनि हुन्। हेर्दा खाइलाग्दा ,राम्रो उचाई, भएकोले उनको व्यक्तित्वमा  झनै निखार ल्याएको थियो। उनि गाउका आदर्श ,टोलका अगुवा र अभिभाबक सरह छन। हेर्दा गम्भीर प्रकितिका कम बोल्ने भएकोले पहिलोपल्ट उनीसंग भेट्ने व्यक्ति आफु पूर्ण सुरक्षित रहेर मात्र बातचित गर्न तत्पर हुन्छ। उनि कहिले इस्टकोट दौरा सुरवाल मा सजिएर कुनै पार्टी कार्यालय तिर गैरहेका भान हुन्छ भने कहिले पेन्ट सर्ट मा टाई सहित आफुलाई सिंगारेर कुनै भोज भतेर तिर सरिक हुन भागदौड गरे जस्तो लाग्छ। कहिले तिनै बाजे बोकेदारी पालेर कालो चस्मा कपाल माथि ढल्काउदै हातमा पानीको बोतल बोकेर पर्यटक जस्तै सास्कृतिक सम्पदाको अबलोकन को लागि निस्किए जस्तै लाग्छ भने कहिले बिहानै मर्निगवाक को  हाफपेन्ट मा कानमा एअरफोने घुसारेर छिटो छिटो हिडिरहेको देखिन्छन। बाजेको लवाइ खवाई बोलाइ र हिडाई ले उनको उमेर को छनक कसैलाई दिदैन। कम बोल्ने गम्भीर स्वभाब का भएर उनि कस्ता प्रकृतिका बाजे हुन् त्यो पनि कमै मात्र लाई थाहा होला।

तपाइँ बाजे सङ्ग धेरै नजिक भैसक्नु भएको छैन भने  झट्ट भेट्दा बाजेको ब्यबहार तपाईलाई अनौठो लाग्न  सक्छ । बाजे कतै ठाटिएर हिडेको देख्दा  सोध्न मन लाग्छ, ‘’टाढै हिड्नु भएको?, सन्चै हुनुहुन्न्छ’?, नमस्कार’’ यस्तै यस्तै। बाजे नमस्कार को सट्टा मा कि त ‘’जय राम जि की’’ भन्छन कि त ‘’जय शम्भो’’। ‘’के म बिसन्चो भएको हेर्न चाहनु हुन्छ?, मेरो सकल् ले नै  तपाईलाई ठिक छु  भनि रहेको छैन र’’? बाजेको येस्तई उल्टा प्रतिप्रश्न  तेर्सिन सक्छ। ‘’कहाँ जान लग्नु भयो?’’ को सवाल मा  बाजेको जबाफ जहिले पनि सहि नहुन सक्छ, पूर्व जान लागेको भन्ने बाजे पश्चिम को गाडी मा चडदै  गरेको भेटिन्छन भने पशुपति जान लागेको भन्दै सुर्यविनायक तिर लागेको देखिन्छन ।

बाजे रमाइलो गर्नपनि खप्पिस छन्। उमेर अनुसार का व्यक्ति सङ्ग के कस्तो ब्यबहार गर्नु पर्छ, कुन स्तर को कुरा गर्नु पर्छ,त्यो त जो कोहिले बाजे बाट सिकुन। उनि उचाल्ने , बहकाउने, सर्काउने, देखि लिएर थर्काउने र थेचार्ने सम्म गर्न भ्याउछ्न। साना साना नानि हरु संग खेल्न, उफ्रिन, कुद्न , चार खुट्टाले हिड्ने देखि लिएर घिस्रनसम्म सक्छन। युवा समूह सङ्ग जुवा तास खेल्न देखि लिएर बियर को चुस्की सम्म लाउन भ्याउछन। खेलकुद मा पनि बाजे ब्याडमिन्टन का  सौखिन हुन् र बिहान बिहान मार्निंग वाक पश्चात तन्नेरी हरु संग आधा घण्टा जति र्याकेट र सटल सङ्ग खेली रहेका हुन्छन।

समाज सेवा मा पनि बाजेको भूमिका अतुलनीय  छ। आफ्नो थरको समाजका उनि अग्रणी हुन् र कुनै पनि सेवा समाजको कार्यक्रम मा उनि उपस्थित हुन् छूटाउदैनन्। आफ्नो सेवा समाज लाइ बाजे  तन  मन साथै धनले सहयोग गर्छन। उनलाई पाउदा समाज पनि मक्ख छ। उनि उभिदिदा पनि त्यहा उपस्थित धेरै हुन्छ र बोलिदिदा सहयोगको रकम मा बढोत्तरी  हुन्छ। समाज मा रहेका बिभिन्न धार्मिक तथा राजनैतिक संगठनहरु ले बाजेलाई आफ्नो ठान्दछन र नठान्ने हरु पनि आफु तिर आकर्षित गर्नलाई प्रयासरत हुन्छन। धार्मिक संगठन हरु मा त बाजे सबै मा नै सहमति र सहभागि हुन भ्याउछन तर राजनैतिक पार्टीमा भने बाजे रहस्यमय छन्। व्यक्ति अनुसार कुरा गर्न खाप्पिस भएकोले कुन पार्टीसंग आबद्द छन् त्यो त किटान गर्न भने अलिक ,मुस्किलै पर्छ।

गाउको टोल सुधार समिति मा पनि बजेको भूमिका दह्रो छ। बाजे ले भनेका कुरा नाइँ हुदैन भन्ने कसैको साहस पनि हुदैन। एक त बाजे निस्वार्थ तरिकाले समाज सेवा गर्छन, रकम हिनामिना गर्ने त बाजे बाट कसैले सोच्न पनि सक्दैनन भने, नपुगेको रकम बाजे आफ्नै  खल्तीबाट भए पनि  हालेर काम फत्ते गर्न सघाउछन् । अर्को तर्फ बाजेको ब्यक्तित्व र साहस नै  निर्णय मा सहमति गराउन काफी छ। त्यसैले त बिभिन्न  राजनीतिक संगठन हरु बाजेलाई आफ्नो पोल्टा मा पार्न चुनाब को छेउ मा प्रयासरत हुन्छन। बाजे  कुन  राजनीतक पार्टी सङ्ग आबद्द छन त्यो त कमैलाई थाहा होला तर बाजे कहिले काही दारुको डोजमा बोलेका कुराले दक्षिण पन्थी विचार संग मेल खाने जस्तो अनुमान गर्न सकिन्थ्यो ।

भट्टराई बाजेलाई उनका इस्टमित्र नाता गोता, छर छिमेकले कुनै पर्ब, पुजा, पार्टी ,काज क्रिया, जप तप आदि गर्दा बोलाउन गर्ब गर्छन। अड्डा अदालत , गाउ ,जिल्ला, आदिमा कुनै अफिसियल काम गर्नु र गराउनु परेमा बाजे साथमा हुदा सजिलो र छिटो र छरितो तरिका ले हुन्छ, किनभने बाजे प्रायजसो सबै का परिचित , पूर्ण र स्वच्छ व्यक्तित्व र इम्प्रेशिब  छन्। बोलिमा अडीगता छ ,निर्णय मा स्थिर र उत्तरदायी। साचै भन्नु पर्दा  बाजे लक्की छन्। उनको लवाइमा कुनै नेता, उच्च बर्ग, पहुचवाला व्यक्ति या  उच्च पदस्थ कर्मचारी आकस्मिक अनुगमन मा निस्किए जस्तो देखिएकोले होला, बैंक बाट ऋण लिनु पर्ने देखि लिएर जग्गा पास सम्बन्धि दर्ता आदि आदि काम अरु साधारण व्यक्ति भए एक हप्ता भित्र या भोलि सम्ममा सम्पर्क गर्नु भन्ने कर्मचारी हरु बाजे देख्ने बित्तिकै चिसो या तातो ले स्वागत गरि त्यही दिन भित्रमै फत्ते हुने गर्छ। यो सब बाजेको प्रतिभा, लवाइ खवाई,बोलि या व्यक्तित्वले सम्भब भएको हो।

यस्ता विलक्षण प्रतिभाशाली बाजे देख्दामा जति निडर र कठोर देखिन्छन भित्र बाट भने दयालु र स्नेही छन्। यस्ता निडर बाजेको मन मा पनि डर छ, त्यो डर भनेको कसैसंग नभएर हजुरआमाको कथाको डोको सङ्ग , बृद्द र ब्रिद्दाश्रम संग छ। आफु बृद्द भएको महसुस गर्दैनन् बृद्द शब्द संगै घृणा छ। ब्रिद्दाश्रम भन्ने बितीकै बाजेको होस् उड्छ, निरास हुन्छन। उनि लाइ त्यो शब्द देखि नै बिरक्त लागेर आउछ। उनि त्रषित हुन्छन।

उनि आफ्ना अति धेरै  मिल्ने आत्मीय, साथी, बन्धु, खलक,नाता पर्ने अझै स्पस्टसंग भन्नु पर्दा भट्टराइ सेवा समाज कै सहकर्मी, सगोत्रि, हाडनाताको सम्बन्ध भएका , १३ दिने जुठो पर्ने , एउटा रुखको हाँगो सरह सिनियर भट्टराई बाजेलाई भन्ने गर्छन ‘’बरु जेल जिबन आनन्ददायी  होला, तर यो बृधास्रम भन्ने बित्तिकै  म त त्राही त्राही हुन्छु। त्यहाँ त मरेका आत्मा हरु बाचिरहेका हुन्छन,तड्पिरहेका हुन्छन र पुन मरण को यातना गरिरहेका हुन्छन । यहा रहेका नवागन्तुक , आगन्तुक र पुनाराग्नतुक हरु को ब्यथा भनेको एउटई हुन्छ आउनु पर्ने कारण मात्र फरक। सबै जसो हुने खाने बर्गका ,हेपिएका खेदिएका,गलत्याइएका ,चिथोरिएका र तड्पाईएका आत्माहरु मृत्यु को दिन कुरिरहेका हुन्छन। मुटु भरि गुनासो बोकेर स्वेच्छाले  आएको  एकांकी गर्छन र गर्भ मा रहेको आफ्नो पिडा एक अर्का सामु लुकाउने गर्छन। यो अबस्था मा पनि उनीहरुलाइ त्यो स्थितिमा  ल्याउने  आफ्नो परिवारको बचाव मा नै लागिरहेका हुन्छन। उल्टै आफ्नो साथमा रहेका आफु जस्तै अरुलाई ‘दुख दिने र घर बाट निस्काशन गर्ने ब्यक्तिहेरुको’ बखान पो गरिरहेका हुन्छन’’। जुनियर भट्टराई बाजे बोल्दा बोल्दै जोशिन थाल्छन।

‘’जेल मा त कैदीहरुले आफुलाई सुधार्ने मौका पाउछन, आफ्नु गल्तिको प्र्यायस्चित गर्छन र आइन्दा त्यस्तो नगर्ने कबोल गर्छन भने यी बृदाश्रम का निर्दोष कैदी हरु आफ्नु कुनै गल्ति नहुदा नहुदै गल्तिको अहसास गर्छन, कबुल गर्छन र दोष लाइ ढाकछोप गर्दै दोषी बचाउने पट्टि लाग्छन। यी बृदाहरु अघोषित कैदी, दोषी र अपराधी हुन् र यिनिहरुलाइ आश्रय  दिने बृधास्रम अझ जटिल अपराधिहरु हुन्। यस्ता आश्रमहरुले  न्याय दिलाउन त कताहो कता उल्टै ढाकछोप्  गर्नमा मद्दत गर्दछन, यसमा यी अपाहिज  बृद्धहरुको पनि त्यतिकै हात हुन्छ’’, बाजे एकहोरो बोलिरहन्छन ।

गाउ मा कतै कसैको घरमा पुत्र लाभ भयो , पुत्र सन्तान भयो , बंश चलाउने पिढी आयो , कुल को निरन्तरता ल्याउने मुलको प्रादुर्भाव भयो आदि आदि सुन्ने बित्तिकै बाजे को मनमा ढ्यांग्रो ठोकिन थाल्थ्यो। ठुलो हुदै गएपछि झनै उसलाई यस्ता कुरा हरु खट्किन थाल्यो। उनले झनै मान्छेका मुख बाट होस् या पत्र पत्रिका समाचार ,रेडियो आदि बाट ‘छोराहरुले बाउ आमालाई वृद्दआश्रम को गेट बाहिर त्यतिकै छोडेर फरार, बृद्द भएका बुबा आमा छोरा हरु बाट  प्रताडित ,बृद्द दम्पति घर बाट लखेटिए, बृद्द दम्पतिको हरि बिजोग आदि आदि समाचार हरु सुन्ने गरेका थिए।

रेडियो नेपालमा बृद्दबृध्धा सङ्ग सम्बन्धित कार्यक्रम बजी  रहेको थियो । कार्यक्रम संचालक  बोलि रहेका  थिए, ‘’तपाइहरुले कहिले कुनै छोरीले बुबा आमालाइ  घर बाट निकालि दिईन भनेर सुन्नु भएको छ? यो पनि सुन्नु भएको छ कि छोरीले आफ्नै जन्म दिने आमा बुबा लाइ वृद्दआश्रम पुर्याइन? छैन, किन भने यस्तो कु कर्म छोरीले होइन छोराले मात्र गर्ने  दुस्शाहस गर्छ, त्यसैले छोरा मा होइन छोरी मा गर्ब गर्नोस’’, यो कुराले बाजेको मन मा छाप परि सकेछ।

अब भने बाजेले  कसैको छोरा देख्ने बित्तिकै झाल्यास्स  मनमा  आइ हाल्थ्यो कि ‘’अब तैले पनि आफ्नो बृद्द बाउ आमालाई बृधास्रम मा लगेर फाल्ने त होलास नि’’?

‘’ए अब फेरी अर्को पिराहा पुत्र सन्तान को जन्म भएछ’’?

‘’ यो समाजनै निर्लज्ज र निर्दयी पुत्र सन्तानको प्रवर्धन गर्दछ’’

अब बाजेलाई हजुर आमाको कथाको डोको सङ्ग पनि डर लाग्न थाल्यो। कसैको घर मा डोको देख्ने बितीकै बाजेको मन मा लाग्थ्यो ‘’यो पनि वृद्दवृदा हरुलाई फाल्ने हेतुले बनाएको होला’’।

बाजे बिबाह योग्य भए पछी पूर्व तिर कि एक सुशील सुकन्या  सङ्ग बिबाह सु सम्पन्न भयो । बाजे को अन्तर आत्मा देखि नै कामना थियो  पुत्री सन्तानको। बाजे भन्ने गर्थे ‘’छोरीले गर्न नसक्ने  र गर्न नहुने कुनै कामै छैन। इनी त धरती हुन्, स्नेही र स्वाबलम्बी , नारि पुज्यनीय छिन  सबै लोकमा’’।

बाजेले कामना गरे अनुसार नै पहिलो पुत्री सन्तानको जन्म भयो। बाजेको खुसि को सिमा नै रहेन ।  गाउ घर लाइ खुशियालीमा भब्य पार्टी दिये । दोश्रो सन्तान पनि बाजेको चाहना अनुरुप नै पुत्री सन्तान भईन। तेस्रो सन्तानले भने बाजेको चाहना लाइ लत्याई बजैनिको चाहनाले जित्यो र पुत्र सन्तान  भयो। अब भने बाजेले अन्तिम सन्तान पुत्रिकै कामना गरे र अन्तिम सन्तान लाइ स्वागत गरे। दिन हरु बित्न कति बेर लाग्छ र । बाजे का सन्तान हरु ठुला हुदै गए। हजुर आमाको कथाले बाजेलाइ पछ्याउन छोडेको थिएन। बृद्द ,ब्रिधास्राम ,पुत्रसंतान,डोको यस्तै यस्तै कुराहरु बाजेका मनमा घुमिरहथ्यो।

एक दिन को कुरा हो । बाजे गाउघर डुलेर आफ्नो घरमा पुगेका मात्र के थिए,घर बाहिर डोको ब्यापरी डोकाको भारि अड्याएर कसैलाई कुरी रहेको थियो।। बाजेलाई शंका भयो कतै छोराले पो डोको किन्नलाई उसलाई पर्खाएको हो। बाजेको मनमा बिभिन्न  कुराहरु खेल्न लागे। अहिले किन उसलाई डोको को आबस्यकता पर्यो? बाजेलाई खुल्दुली भयो। बाजेको मनमा कुरा हरु खेल्न लागे- ‘’होइन, होइन , अहिले देखिनै डोको को जोहो नगर्नु पर्ने हो, अहिले त मेरो उमेर नै कति भएको छ र ,न त मेरी  धर्म पत्नी को नै’’ यस्तै कुरा सोच्दै थिए घर माथि बाट छोरा देखा परे अनि त झन् बाजेलाई पक्का पक्कि डोको त छोरोले नै किन्न लागेको स्पस्ट जस्तै भयो। बाजेलाई भाउन्न भयो, थुचुक्क भुइँ मै बस्न मन लाग्यो।

त्यतिकैमा  छोरो को स्वर सुनियो-  ‘’बुबा, माथि हजुरबुबा लाइ अलि दम ले च्यापेजस्तो छ, हजुर आमाले भन्नु भएको छिटै आउनु रे’’

बाजेले हत्त न पत्त आफुलाई सम्हाले, दौडदै भर्यांग उक्लिएर कोठा मा पुगे। बाजेका बृद्द बुबा छिटो छिटो स्वास फेरी रहेका थिए र आमा उहालाई सम्हाली रहेकी थिइन्। बाजे हत्त न पत्त आफ्नु बृद्द बुबालाई तकियाको मद्दत ले टाउको केहि अग्लो बनाइ डाक्टर ले दिएको सास फेर्न  मद्दत गर्ने ब्रेथ्लाइजर मेसिन मुखमा राखीदिए। त्यसको सहयाताले बृद्द बुबालाई केहि राहत भयो।

बाजेले बल्ल हजुर आमाको कथालाई मनन गर्न भ्याये । हजुरआमाको कथाको मर्म त बाजेले बल्ल पो बुझेछन । बृद्द ब्रिद्दा भनेका हाम्रा आदरणीय हुन्, अग्रज हुन्। जीवित रहदै उनीहरुको सम्मान गर्नु पर्छ। आफुले अहिले उनीहरुको हेरचार, सेवा, स्वास्थ्य आदि ख्याल गरे पो आउने पिढीले त्यसको देखासिखी गर्छन। बाजेले अहिले आफ्नो बृद्द बुबा आमाको सेवा गरे भने आफ्नो छोराले पनि पछी उही सिको सिक्छन। बाजे तनमनले आफ्नो बाबु आमाको सेवा मा तल्लिन भए।

केहि बेर पछी बाजे घरको बार्दली बाट बाहिर हेर्दै थिए। त्यो डोको ब्यापारी थकाइ मेटेर पुन डोको बेच्दै पर पुगिसकेको थियो। आखा बाट ओझेल नहुन्जेल सम्म बाजे उसैलाई हेरी रहे ।

समाप्त

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.