~जीवराज बुढाथोकी~
लेख्न त लेखौं भन्छु इतिहास, कुनकुन शासन लेखुँ ।
मुलुक स्वर्ग वनाउने रे, कुन नेताको भाषण लेखुँ ।।
चरित्र रुप स्वार्थ अनेक, जनताकै नाम भजाउने,
विदुर कोही छैनन्, नाम दूर्योधन वा दुशासन लेखुँ ।।
अर्थ व्यवस्था सुधार्ने रे, गरिवी निवारण गर्ने पनि,
तर जनताको, नांगो शरीर कि अभाव रासन लेखुँ ।।
राजनीतिक संस्कार छैन, लोकतन्त्रको उपहास छ,
पदमा बस्नेको कुन, टावर महल वा आसन लेखु ।।
आरोप प्रत्यारोप एकअर्कामा, म ठीक अर्को वेठीक,
पाए सबै झ्वाम पार्ने, को खराव को सज्जन लेखुँ ।।
लेख्न त लेखौं भन्छु इतिहास, कुनकुन शासन लेखुँ ।
मुलुक स्वर्ग वनाउने रे, कुन नेताको भाषण लेखुँ ।।
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं